खिवाङकी टकसरा पुर्जाको बोनम्यारो प्रत्यारोपणका लागि मोना पोर्चुगलबाट सहयोग

  • २२ भाद्र २०७४, बिहीबार
  • धिरन खत्री
  • 4399 पटक पढिएको

बेनी २२ भदौ । शरीरमा रगत उत्पादन गर्ने बोनम्यारोमा समस्या देखिएपछि थलीएकी म्याग्दीको धौलागिरी गाउँपालीका ४ खिवाङकी ४१ वर्षिया टकसरा पुर्जाको उपचारका लागि प्रवासीहरुले डेढ लाख रुपैया सहयोग गरेका छन् । प्रवासी नेपाली म्याग्देली संघ (मोना) पोर्चुगलले हाल काठमाडौको सिभिल अस्पतालमा उपचार गराईरहेकी पुर्जाको उपचारका लागि जुटाएको एक लाख ५० हजार २३६ रुपैया बिहीबार बेनीमा आयोजित कार्यक्रममा उहाँका श्रीमान रामबहादुरलाई हस्तान्तरण गरिएको हो ।

मोनाका संरक्षक सुवासकुमार श्रेष्ठ, मोना पोर्चुगलका उपाध्यक्ष राजन थापा र दिपेन्द्र बिक्रम क्षेत्रीले पुर्जालाई संयुक्त रुपमा रकम हस्तान्तरण गर्नुभएको थियो । मोना पोर्चुगलका अध्यक्ष कुमार राम्जाली, जरी पुन, नानी सिउथानी, देवेन्द्र फगामी, धन थापा, लक्ष्मण घर्ती, खिम जुक्जालीको पहलमा सो रकम जुटाइएको थियो ।

गाउँ समाजमा अप्ठ्यारो पर्दा जे सक्दो गरौ भन्ने भावनाले पुर्जाको उपचारका लागि रकम संकलन गरेर हस्तान्तरण गरिएको मोना पोर्चुगलका उपाध्यक्ष राजन थापाले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा मोनाका संरक्षक श्रेष्ठले पोर्चुगल लगायत विश्वका विभिन्न देशमा रहेका म्याग्देलीहरुले मोना मार्फत म्याग्दीको शिक्षा, स्वास्थ्य, पुर्वाधार विकास, विपन्नको उपचार, विपद् व्यवस्थापनमा पु¥याएको योगदान प्रशसनीय रहेको बताउनुभयो ।

टकसराका श्रीमान रामबहादुरले श्रीमतीको उपचारमा सहयोगका लागि अपिल गर्नुभयो । पुर्जाको उपचारमा सिभील अस्पतालका चिकित्सक बिशेष पौडेलको टोली खटिएको छ । चिकित्सकले उपचार सम्भव भएको र आगामी दसै लगत्तै बोनम्यारो प्रत्यारोपण गर्ने जनाएका छन् । बोनम्यारो प्रत्यारोपणका लागि १८ देखि २० लाख रुपैया रकम आवश्यक पर्ने पुर्जाले बताउनुभयो । सामान्य पुर्जा परिवारले उपचार खर्च जुटाउन आफ्नो क्षमत्ताले नसक्ने भएपछि सहयोगका लागि अपिल गरेका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l