निजामती दिवसको अबसरमा बेनीमा रक्तदान

  • २२ भाद्र २०७४, बिहीबार
  • 2103 पटक पढिएको

बेनी २२ भदौ । १३ औ निजामती दिवस बिहीबार बेनीमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । निजामती दिवस मूल समारोह समिति र निजामती कर्मचारीहरुको आधीकारीक टे«ड युनियनको संयुक्त आयोजनामा बेनी बजारमा ¥याली र रक्तदान कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो । जिल्ला अस्पताल परिसरमा आयोजित रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाद्धारा सञ्चालित रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा रक्तदान गरिएको थियो ।

रक्तदान अघि जिल्ला प्रशासन कार्यालय अगाडीबाट सुरु भएको कार्यालय प्रमुख, कर्मचारीहरुको ¥याली न्युरोड, क्याम्पसचोक हुदै अस्पताल परिसरमा पुगेर समापन भएको थियो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले तराईको बाढीका कारण देश बिपद्मा परेको अवस्थामा विपद्मा परेका नागरीकलाई सहयोग पुग्ने किसीमको कार्यक्रम गरेर दिवस मनाउने सरकारको निर्णय अनुसार रक्तदान गरिएको बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला न्यायाधिश रामप्रसाद शर्माको पनी उपस्थिती रहेको थियो । यस वर्षको निजामती सेवा दिवसको नारा “निजामती कर्मचारीको प्रतिवद्धतास् पारदर्शीता र चुस्तता” भन्ने रहेको छ ।