हामी बाच्ने उमेर कति हो ?

  • २१ भाद्र २०७४, बुधबार
  • धिरन खत्री
  • 3530 पटक पढिएको

मान्छे बाच्ने भनेको ५, १०, २०, ४०, ८०, १०० बर्ष हुन सक्छ ! के तपाई आफ्नो बाच्ने उमेरलाई निर्धारण गर्न सक्नुहुन्छ ? हामी समाजमा स्वस्थ जीवन बाच्न के के उपाय गरिराखेका छौ । हामी के आफुलाई स्वस्थ र विरामी छुट्याउन सक्छौ । जीवन खुशी र सुखी बनाउन सफल भएका छौ कि छैनौ । कसरी हुन सकिन्छ । जीवनमा बर्तमान र भविष्य के हो सोचिरहेका छौँ ! जीवन जिउने कला आफैले सिक्ने हो । प्रकृतिमा जति सुन्दर ठाउँ छ, त्यहाँ घुम्न मन लाग्छ, आनन्द लाग्छ, प्राकतिक रुपमा जुन ठाउँमा सबैलाई आनन्द हुन्छ त्यो ठाउँ पर्यटकिय स्थल बन्छ ।

त्यसलाई जोगाईराख्न त्यही अनुसारको ब्यवस्थापन आवश्यक हुन्छ । जिवन पनि त्यस्तै हो । स्वस्थ जीवन जिउन शरिर र मनलाई एकिकृत गर्नुपर्छ । अर्थात शारिरीक र मनौबैज्ञानिक रुपमा मन र शरिरलाई व्यवस्थित गर्नुपर्छ । हामी आज पर्यटकिय स्थल जस्तै व्यवस्थित भएका छौ कि छैनौ । बेवास्ताका कारण कतै अ‍ोझेलमा परेको पर्यटकियस्थल जस्तै आफुलाई पनि ओझेलमा पो पारेका छौ कि !जीवन स्वस्थ र खुशी बनाउने सबैको चाहना हुन्छ नै। तर जीवन जीउने कला के हो ? सबैले चिन्न सकेका हुँदैनौ । शरिर र मनलाई एक ठाउँमा लिन सके बर्तमान अवस्थामा खुशी र भविष्यको चिन्तन गर्न सक्छाँै । हामी जसरी बाह्य दुनियाँमा घुम्छौ ,रमाउछौ तर आफ्नै शरिरका अंगहरुको नाम सम्झेर रमाएका छौ कि छैनौ । हामी विगता जे गरीराखेका छाँै त्यो बर्तमानमा नगर्ने भनेको होईन । हामी जसरी भौतिक दुनियाँमा रमाएका छौ । त्यसरीनै शारिरिक र मानसिक दुनियामा रमाउन सक्छौँ कि सक्दैनौँ ? त्यो महत्वपूर्ण कुरा हो । दैनिक जिवनयापनको क्रममा हामीले पहिलो प्राथमिकता आफ्नो जिबनलाई नै दिनुपर्छ । जीवन जिउने तरिका संसारमा ब्यक्ति पिच्छे फरक हुन्छ । त्यो स्वभाविक पनि हो । जीवन खुशी र सुखी बनाउन योग, खानपिन र स्वास्थ्थ सम्वन्धि जनचेतना आवश्यक हुन्छ । शरिरमा हुने अंग सबैमा एउटै हो । तर त्यसलाई स्वस्थ बनाउन भने सबैले सक्दैनौ । त्यसको मुख्य कारण भनेको हामीले आफ्नो स्वास्थ्यलाई गर्ने ख्याल नपुग्नु हो ।

शिक्षामा मनोविज्ञानलाई आत्माको विज्ञान भनिन्छ । तर ब्यवहारमा आत्माको विज्ञान बनेका छौकी ? छैनौ । यो स्वयम आफैले निर्धारण गर्ने हो । हामी विश्वका विकसित देशमा जाने कुरा, चर्चित व्यक्तित्वको कमजोरीका कुरा, अरुको जागिरको कुरा, अरुको घर र गाडीका कुरा, जागिरका कुरा गर्छौ । तर आफ्नै स्वदेशमा अस्तव्यस्त बनेका बाझोँ खोरियाका कुरा, आफ्नो जीवनलाई स्वस्थ र खुशी बनाउने ब्यवस्थापनका कुरा कहिल्यै गर्दैनौ । र त्यसतर्फ चिन्तन पनि निकै कम गछाँै । आफ्नो क्षमताले पाएको जागीरमा सन्तुष्ट हुदैनौ। आफुमा भएको धनसम्पति चिन्दैनौ। आफुमा रहेको क्षमताको सहि उपयोगमा ध्यान पु¥याउन सक्दैनौँ । नियमित खानपिन र व्यायाम भन्दा पनि अव्यवस्थित जिवनयापनको कारण आफैले आफुलाई विरामी तर्फ धकेली रहेका हुन्छौ । आयु घटाइराखेका हुन्छौ ।

आफ्नो अरबौको शरिरलाई बेवास्ता गर्छौ तर ४०, ५० लाख हालेको गाडीलाई हरेक महिना सर्भिस गर्छौ। तर अमूल्य जीन्दगीको बेवास्ता गरिराखेका हुन्छौ । विरामी नपरेसम्म अस्पताल पुगेर स्वास्थ्य परिक्षण गर्ने हाम्रो बानी छैन् । विश्वका अनेकौ भाषा पढ्छौँ, हिन्दि, कोरियन, जापानीज, अँग्रेजी लगायतका भाषा जान्छौ अनि ठुलो ज्ञानप्राप्त गरेको महसुस गर्छौ । तर आफ्नै नेपाली भाषा भुलिरहेको तर्फ हामीले कहिल्यै सोच्यौ त ! अहिले त आफ्नो नेपाली भाषालाई रोमनमा लेख्ने गर्छौ । कस्तो अचम्मको संस्कारलाई हामीले प्रसय दिईरहेका छौँ । तर यसले हाम्रो मौलिक नेपाली भाषामा पार्ने नकरात्मक असरतर्फ कसलै सोच्न भ्याएका छैँनौ । समाजमा सुखि परिवारको कल्पना गर्छौ। त्यहीअनुसार पैसाको पछाडी दौडिरेहेका हुन्छौ । समाजको दिगो विकास सोच्दैनौ । पैसा कमाउन सोचिरहेका छौँ । कमाएको पैसा बैकंमा राखेपछि ब्याज कति भयो सोधिरहन्छौ । तर समाज रच्ने हामी आफ्नै शरिरको बारे किन स्वास्थ्य परिक्षण गरि जानकारी लिन सक्दैनाँै । शरिरलाई आवश्यक भन्दा बढी खाना शरिरलाई लिएका छौ । शरिरले मनलाई चिन्दैन् मनले शरिलाई यस्तै भएको छ आजकल । अहिले हामी न स्वस्थ शरिरको चिन्तनमा छौ न दिगो समाज विकासमा, केवल चिन्तन कमाउन र रमाउनमा सोचिरहेका छौँ ।

हामी मुग्लिनमा गएको पहिरो देख्छौ, तर हाम्रो मनमा गएको पहिरो देख्दैनौ ? सधै सडकमा ट्राफिक जाम भएको देख्छौ, तर आफ्नो शरिर र मन जाम भएको देख्दैनौ । प्राकृतिक रुपमा हामीले भोगेका कमजोरी माथि ब्याख्या गरिराखेका छौ । हामीले आज अमृत भनेर खाएका चिज सबै विष भएको देख्दैनौ । हामी समाजमा कसरी धनी बन्ने अनि उच्च तहको नेतृत्व लिएर आफु सम्पन्न बन्ने सपना बुनेका हुन्छाँै । तर कमाउने नाममा समाजको विकास र समृद्धिमा र स्वयम आफ्नो स्वास्थ्यको बारेमा कहिल्यै सोच्छाँै त । आजकल शरिर अर्गानिक भन्दा केमिकलमय भएको छ । केमिकलमय खाने कुरा महङ्गो मूल्यमा किनेर खाएका छौ । हो सबै चिज खाने भनेर बनाएको हो । तर प्रकृतिमा उब्जेको खानेकुरामा विषादी प्रयोग गरेको खानाले साना किरा मरिरहेका छन् भने हाम्रो शरिरलाई नै नोक्सानी पु¥याउने हानिकारक जिवाणु र किटाणुहरुलाई शरिरमा भित्र्याईरहेका छौँ ।

मानवको आयु प्रकृतिमा १०० देखि १५० बर्ष हुन्छ । तर आज हाम्रो आयु औसतमा ६० देखि ७० भएको छ । प्रकृतिले दिएको बरदानलाई अपमान सावित गरिहेका छाँै। बर्तमान जगाउने इतिहासका पुर्खालाई हेरौँ र पढौ । अहिलेका पुर्खाले भविष्यका पुर्खालाई हेरौ । पहिल्यका पुर्खालाई रोग के हो थाहा भएन तर आजकल हामीलाई रोग अनेक भएर समस्यामा पारेको कुरालाई भुल्न हुँदैन । मान्छे कालले भन्दा रोगले बढी मरिरहेका छन् । सबै केमिकल खानाले र शारिरिक रुपमा स्वास्थ्य सम्वन्धि सकारात्मक सन्देशको अभावले भएको हो । हामी अहिले कलेजो रङको कपडा लगाएर सेल्फी खिच्छौ तर भित्रि कलेजो कोईला भएको सोचीरहेका छैनौ । करोडौ सम्पतिको कति माया गर्छौ तर अमूल्य जीन्दगी विलासि चिन्तामा बसेर आयु घटेको देख्दैनौ । हामी आफैमा कस्तुरी भएको पत्तो छैन् । तर अरुको कमजोरी माथि ब्यङ्ग्य प्रहार गरिरहेका हुन्छौ ।

हामी हाम्रो शरिरको जराको भागलाई उपचार गर्नुपर्नेमा हागाँको उपचार गरिरहेका छौ । शरिरको प्रमुख चिज मुटुको आयु १०० देखि माथि हुन्छ त्यही रेसियोमा जोर्गाइ राखेका छैकी छैनौ ? कतै हाम्रो विलासिताले जिवन नै बर्बादीतर्फ धकेलिएको त छैन! स्वस्थ जीवनशैलीमा भौतारिएका हामी कमजोर आखालाई पुर्ण देख्न चस्माको पावर बढाउछौँ । तर आखाँको पावर प्राकृतिक रुपमा कसरी बढाउने भन्नेतर्फ विचार पु¥याउन सक्दैनौँ । स्वस्थ जीवन शैली विताउन शरिरको महत्वपुर्ण अंगहरु रक्तसंचार र पाचनप्राणी सफा हुन अति आवश्यक छ । खुशी र सुखी जीवन रहन अरुलाई होईन आफ्नो शरिर र मनलाई एकिकृत गर्न आवश्यक छ । नियमित रुपमा केही समय आफ्नो शरिर र मन सन्तुलित बनाउन मात्रै सक्यौ भने हामीले हामीलाई स्वस्थ मात्रै होईन आफ्नो बाँच्ने उमेर पनि निर्धारण गर्न सक्छाँै ।

 लेखक; धिरन खत्री म्याग्दीअनलाईन डटकमका संवाददाता हुन ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l