आजदेखि सोह्रश्राद्ध शुरु

  • २१ भाद्र २०७४, बुधबार
  • 2287 पटक पढिएको

म्याग्दी, २१ भदौ । आजदेखि सोह् श्राद्ध शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह श्राद्ध सुरु भएको हो । प्रतिपदादेखि १६ तिथि मध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह श्राद्ध गर्ने गरिन्छ । आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ ।

पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ । यो पक्षमा श्राद्ध गर्नेका पितृ वर्ष दिनसम्म तृप्त हुन्छन् भन्ने शास्त्रीय मान्यता रहँदै आएको छ ।

ठूला पर्व दशैँ, तिहार मनाउनु अघि पितृलाई श्रद्धापूर्वक सम्झना गरिने वैदिक सनातनी परम्पराअनुसार सोह्रश्राद्ध गरिने पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताउनुभयो ।