तातोपानी कुण्ड व्यवस्थापन समितिको अध्यक्षमा पुनः शाक्य

  • १९ भाद्र २०७४, सोमबार
  • कमल खत्री
  • 3695 पटक पढिएको

म्याग्दी, १९ भदौ । बेनी नगरपालीका ४ मा रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिको अध्यक्षमा पुनः बिरेन्द्रमान शाक्य निर्वाचित हुनुभएको छ । कुण्ड व्यवस्थापन समितिको सोमबार सम्पन्न सातौ साधारणसभा तथा प्रथम अधिवेशनबाट निवर्तमान अध्यक्ष समेत रहनुभएका शाक्य पुन समितिको अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो ।


अधिबेशनबाट समितिको उपाध्यक्षमा मोमकुमारी बुढाथोकी, सचिबमा कृष्णबहादुर खड्का, कोषाध्यक्षमा तुलप्रसाद श्रेष्ठ र सहसचिबमा अम्बर बहादुर खत्री (कुमार) चयन हुनुभएको छ । त्यस्तैगरि सदस्यहरुमा रामप्रसाद अधिकारी, पदम बानियाँ, गणेशबहादुर बानियाँ, गिता कार्की, उजेली श्रीस, ईश्वरसिंह खत्री, देवी किसान, प्रेम श्रीस चयन हुनुभएको नवनिर्वाचित सहसचिब खत्रीले जानकारी दिनुभयो ।


अधिबेशनबाट मिनबहादुर बानियाँको संयोजकत्वमा विष्णुदत्त उपाध्याय, लिलाधर जैसी, भुवानी घर्ति, टेकबहादुर फगामी, जंगबहादुर रसाईली र भोजबहादुर बानियाँ सदस्य रहनुभएको सल्लाहकार समिति समेत चयन गरिएको छ । अधिबेशनको उद्घाटन सत्रमा बोल्दै बक्ताहरुले प्राकृतिक औषधालयको रुपमा रहेको प्राकृतिक तातोपानी कुण्डको संरक्षणसंगै दिर्घकालीन र व्यवस्थीत रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

उद्घाटन कार्यक्रममा सहभागीले तातोपानी कुण्ड म्याग्दीको गहना भएको बताएका थिए । अधिवेशनको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले उद्घाटन गर्नुभएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l