मिस्त्रीखोला जलविद्युतको काम द्रुत गतिमा (फोटो फिचर

  • १९ भाद्र २०७४, सोमबार
  • कमल खत्री
  • 2534 पटक पढिएको

म्याग्दी, १९ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्यूत आयोजनाले पूर्वाधार निर्माणलाई तिब्रता दिएको छ । रोवष्ट इनर्जी प्रालिले निर्माण गर्न लागेको यस आयोजनाले विगत १३ महिनादेखि आफ्नो निर्माण कार्यलाई दुत्रगतिमा अगाडी बढाएको छ ।

निलगिरी र घलेम्दीखोलाको दोभानमा बाँध रहेन यस आयोजनाको २ हजार ३ सय मिटर सुरुङमागबाट ल्याईने पानीलाई २८७ मिटर हेडबाट नारच्याङको बेसीगाउँ स्थित कालिगण्डकी नदीको किनारमा रहने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिनेछ ।


पूर्वाधार निर्माणमा परिचालन भएको हाई हिमाल हाईड्रो कन्स्ट्रक्शनले अहिलेसम्म ९ सय ६० मिटर बढी सुरुङमार्ग निर्माण गरिसकेको परामर्शदाता हाईड्रो कन्सल्ट ईन्जीनियरिङका आवसीय ईन्जिनियर दिवाकर खड्काले बताउनुभयो । सन २०१६ को जुनदेखि पूर्वाधार निर्माण सुरु गरेको यस आयोजनाबाट आगामी सन २०१९ फेब्रुअरी सम्ममा विद्युत उत्पादन सुरु गर्ने लक्ष्य अनुसार काम भईरहेको छ ।


आयोजनाको सुरुङमार्ग भित्र नै ११५ मिटर लामो, साढे ८ मिटर चौडाई र १३ मिटर गहिराईका दुई वटा बालुवा थिग्राउने पोखरी समेत निर्माण भईरहेको छ । जस्को ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आयोजनको बाँध निर्माणको अधिकाँश काम सम्पन्न भएको र विद्युतगृहतर्फको पूर्वाधार निर्माणलाई दुत्र गति दिएको आयोजनाले जनाएको छ ।
आयोजनाको विद्युतगृहतर्फको २६ प्रतिशत, पेनस्टक पाईको १८ प्रतिशत र सुरुङमार्ग भित्रको ६५ प्रतिशत काम सम्पन्न भएको ईन्जिनियर दिवाकर खड्काले जानकारी दिनुभयो । आयोजनाले लक्ष्य अनुसार काम भईरहलेकाले निर्धारित समयभित्रै निर्माण सम्पन्न गर्ने गरि आयोजनाको पूर्वाधार निर्माणका कामलाई तिब्रता दिएको छ ।


विद्युतगृहतर्फको कामलाई प्रभाबकारी बनाउन नारच्याङ स्थित आवासगृहबाट सिसीटिभि मार्फत अवलोकन गर्ने व्यवस्था समेत गरिएको छ । बर्षाले निर्माण कार्यलाई केहि प्रभाव पारेपनि संरचना निर्माणको काम नरोकिएको आयोजनाले जनाएको छ । यस आयोजनामा अहिले २५६ जना कामदार परिचालन छन् ।
पूर्वाधार निर्माणलाई थप गति दिन हिउँदको सिजनमा यो संख्या झण्डै दोब्बर बनाईने आयोजनाको तयारी छ । साढे ५ अर्ब भन्दा बढी लागत अनुमान गरिएको यस आयोजनाले जलविद्युतको निर्माण कार्य पूर्व नारच्याङमा ६ किलोमिटर सटक विस्तारसंगै तीन वटा मोटरेवल पुल निर्माण गरेको जनाएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l