नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको अध्यक्षमा सुवेदी सर्वसम्मत चयन

  • १८ भाद्र २०७४, आईतवार
  • 2806 पटक पढिएको

म्याग्दी, १८ भदौ । नेकपा एमाले निकट शिक्षकहरुको संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीकोे अध्यक्षमा जयराम सुवेदी सर्वसम्मत रुपमा चयन हुनुभएको छ । बेनीमा सम्पन्न संगठनको १२ औँ जिल्ला अधिवेशनबाट सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।


अधिवेशनबाट उपाध्यक्षमा लेख बहादुर हमाल, महिला उपाध्यक्षमा देवी पुर्जा, सचिबमा रमेश सिंह ठकुरी, सहसचिबमा उमादेवी कँडेल, कोषाध्यक्षमा युवराज बरुवाल र सह–कोषाध्यक्षमा हेमकुमारी गर्बुजा चयन हुनुभएको छ ।


समितिका सदस्यहरुमा मुकुन्द प्रसाद रेग्मी, तेजबहादुर राई, मन बहादुर रोका, शान्त बहादुर नेपाली, मनबहादुर रोका, खिमबहादुर जुग्जाली, लबहादुर रोका, बालबकुमारी खत्री, बिरमायाँ विक, जमुना केसी, कुसुम कुमारी पुर्जा, शिर बहादुर गर्वुजा, सुकदेवी गर्वुजा, कृष्णबहादुर छन्त्याल लगायत रहनुभएको छ ।


त्यसैगरि केन्द्रिय प्रतिनिधिमा बालकुमार रोका मगर, गणेश बानियाँ, थममायाँ पुन र खगेन्द्र सापकोटा चयन हुनुभएको छ । अधिवेसनको शनिवार नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय महासचिव लक्ष्मण शर्माले उद्घाटन गर्नुभएको थियो ।