जनप्रगतिशिल मञ्च ओमन द्वारा नेपालको बाढीपीडित र मिर्गौला पीडितलाई सहयोग

  • १७ भाद्र २०७४, शनिबार
  • पूर्ण वि.क ( पहाडी)
  • 2497 पटक पढिएको

ओमन /  जनप्रगतिशिल मञ्च ओमनको दोस्रो बैठक सम्पन्न भएको छ । मञ्चका अध्यक्ष उमेश विश्वकर्मा अध्यक्षयतामा मस्कट्को रुसेल गार्डन्मा सम्पन्न बैठकले बिभिन्न निर्णय गरेको छ । बैठकले नेपालको बाढीपीडितलाई २०० ओमननी रियल ५०,०००।- हजार नेपाली रुपैया पार्टी कार्यलय मार्फत सहयोग गर्ने र मिर्गौला पीडित जेकु तामाङलाई ५० रियल १२,०००।- हजार नेपाली रुपैया सहयोग निर्णय गरेको छ । बैठकले प्रथम बैठकको समिक्षा गर्दै ओमनमा रहेका नेपालीको समस्या र संगठनको बारेमा मंचका अध्यक्ष उमेश विश्वकर्मा नेपाल छुट्टीमा फर्कदा पार्टीलाई ज्ञापन पत्र बुझाउने निर्णय गर्यो ।

मन्चले खेलकुद सम्योजक विशाल सुब्बाको संयोजकत्वमा ११ सदस्यीय समिती र ५ सदस्यीय सल्लाहकार रहने गरि खेलकुद बिभाग गठन गरेको छ । सचिबमा कमल कटुवाल, सदस्यहरु पदम अर्याल,नवीन कायस्थ,हेम आचार्य , चक्रमान तामाङ,धन बहादुर छन्त्याल रहनु भएको छ बाकिँ सदस्य पछि थप गर्ने गरि समितिको गठन गरेको छ । खेलकुद समितिको सल्लाहकारमा उमेश विश्वकर्मा,तुला गिरि,समित अधिकारी,शोभा आचार्य,पन्च स्याङ्गतान तामाङ रहनु भएको छ । यस समितिले ६ अक्टोबरको दिन फुटबल गेमको आयोजना गर्ने बताएको छ ।

बैंककले मञ्चका बुद्धिजीवी तथा लेखक पूर्ण बहादुर विश्वकर्मा (पहाडी ) लाई केन्द्रिय सदस्यमा मनोनीत, प्रचारप्रसार बिभागको संयोजक जिम्मेवारी दिने निर्णय गर्‍यो । बैठकमा मन्चका जिम्मेवार सदस्यहरु सुरेश बराइली,दिल सदासंकरले लगायत अन्य सदस्यहरुले आ आफ्नो बिचार राख्नु भएको थियो । त्यस्तै ओमनमा रहेको गैर आवसिय नेपाली सोसियल क्लब को सम्बन्धमा पार्टी र मञ्च को समान धारणा रहेकोले यसले गर्ने ब्यावहार र काम कार्वाहिको आधारमा मात्र बिरोध गर्ने अन्यथा यसको नाम परिवर्तनको पक्षमा नरहेको पनि बैठकले निर्णय गरेको छ । बैठकको संचालन महासचिब समित अधिकारी गर्नु भएको थियो, मन्चका अध्यक्ष छुट्टीमा नेपाल जानुहुने भएको हुँदा कार्यवाहक अध्यक्षको जिम्मेवारी बरिस्ठ उपाध्यक्ष कमरेड हेम आचार्यलाई हस्तान्तरण गरि अध्यक्ष द्वारा बैठकको समापन भयो ।

पूर्ण वि.क ( पहाडी)