अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्‍जित तामाङ निर्वाचित

  • १७ भाद्र २०७४, शनिबार
  • 2013 पटक पढिएको

काठमाडौं, भदौ १७ ।  माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ अध्यक्षमा रञ्‍जित तामाङ विजयी भएका छन् । शनिबार विहान सम्पन्‍न मत गणनाअनुसार तमाङले अर्का प्रतिस्पर्धी अनिल शर्मालाई २१ मतले पराजित गरेका छन् । अहिले विहान सार्वजनिक भएको परिणाम अनुसार उपाध्यक्षमा तिलक राज भण्डारी र महासचिवमा उत्तम अधिकारी विजयी भए । माओवादी केन्द्र र उसका निकट भातृ संगठनमा निर्वाचनबाट नेतृत्व छानिएको यो पहिलो पटक हो ।

चुनाव विद्यार्थी संगठनको भएपनि माओवादी केन्द्रका नेताहरुले यसलाई प्रतिष्ठाको विषय बनाएका थिए । पार्टीका उच्च नेताहरुले आफ्ना आफ्ना गुट बनाएर प्रचार गरेको समाचार सार्वजनिक भएपनि माओवादी केन्द्रले विज्ञप्ती निकालेर त्यस्तो नगरेको प्रतिक्रिया दिएको थियो । क्रान्तिकारी चुनावमा दुई अध्यक्षका प्रत्याशी मध्ये अनिल शर्मालाई जनार्दन शर्माले समर्थन गरेको र रञ्जितलाई वर्षमान पुनले खुलेर समर्थन सहयोग गरेको समाचार सार्वजनिक भएका थिए ।

यद्यपी अनन्त र शर्माको भूमिकाबारेमा बन्द सत्रमा बहस नै भएको थियो । क्रान्तिकारीको २१ औं अधिवेशन सबैभन्दा बढी लामो समय चलेको थियो । भदौ ७ गते पार्टीका अध्यक्ष प्रचण्डले उद्घाटन गरेको सम्मेलन बल्ल आज नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । SOurce: everestdainik.com