बेनीमा लागू औषध दूब्र्यसन विरुद्ध कबिता प्रतियोगिता

  • १६ भाद्र २०७४, शुक्रबार
  • सन्तोष गौतम
  • 3396 पटक पढिएको

बेनी १६ भदौ । बेनीमा शुक्रबार लागू औषध दूब्र्यसन विरुद्ध मावी स्तरीय खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ ।शिक्षा कार्यालयको समन्वय र जिल्ला प्रहरी कार्यालयको आयोजनामा भएको प्रतियोगितामा १२ वटा विद्यालय र म्याग्दी बहुमुखी क्याम्पसका कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने २२ जनाले सहभागीता जनाएका थिए ।

सहभागीहरुले कबिताको माध्यमबाट लागू औषध दूव्र्यसनको कारण, असर, रोकथाम र बच्ने उपाएको बारेमा आफ्नो भावना व्यक्त गरेका थिए । प्र्रतियोगितामा लिटील गार्डेन एकेडेमीकी सुदीप्ता पौडेल प्रथम, बेनी आवासीय मावीका अविनास शर्मा दितृय, लिटील गार्डेन एकेडेमीकी अमीसा परियार तितृय, माउन्ट एभरेष्ट आवासिय माविका सुष्टि पुन र वेष्ट पोईन्टकी दिक्षा जिसी सान्तवना भएका छन् ।

प्रथम, दितृय, तितृय र सान्तवना हुनेलाई क्रमश छ हजार, चार हजार, तिन हजार र एक हजार पाँच सय रुपैया नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा धौलागिरी अञ्चल प्रहरी कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक बिक्रम गुरुङले लागू औषध दूब्र्यसन नियन्त्रणका लागि किशोर, किशोरी र युवालाई केन्द्रित गरेर चेतनामुलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले म्याग्दीमा विद्यालयको पठनपाठन बन्द गरेर मेला सञ्चालन गर्ने चलनले सामाजिक रुपमा असर गरेको र दुब्र्यसन बढाउन सहयोग गरेकाले हटाउन पहल गरिएको बताउनुभयो । बेनी नगरपालीकाका उपप्रमुख सञ्जु बरुवाल, जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ र नेपाल पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्माले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काको अध्यक्षता र प्रहरी निरिक्षक सन्तोष रोकाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगितामा सिवीन नेपाल, जिल्ला खेलकुद विकास समिति, वौद्ध युवा कल्व र दिदीबहीनी बचत तथा ऋण सहकारी संस्थाले पुरस्कार सहयोग गरेका थिए ।

 

सन्तोष गौतम