बेलायतको नि:शुल्क स्वास्थ्य सेवा उदाहरणीय

  • १६ फाल्गुन २०७३, सोमबार
  • 2377 पटक पढिएको

junior_doctors_walking-27022017112300-1000x0

फाल्गुन १६, २०७३ । सबै नागरिकलाई निशुल्क उपचार गर्ने गरि सन् १९४८ मा खोलिएको बेलायतको स्वास्थ्य सेवाका आफ्नै विशेषता छन् । सरकारले स्वास्थ्यको जिम्मा लिएपछि आममानिसलाई निकै सुविधा छ ।

बेलायत सरकारले सन् २०१६मा करिब १३८ अर्ब पाउन्ड स्वास्थ्यमा खर्च गरेको छ, जुन कुल बजेटको १८ प्रतिशत हुन्छ । बेलायतमा सुरक्षा, अर्थतन्त्र सहित स्वास्थ्य सेवाको राजनीतिक बहस सधैं हुने गर्छ । सबै राजनीतिक पार्टीहरुलेआफ्नो प्रमुख लक्ष्यमा नि:शुल्क स्वास्थ्य सेवाको निरन्तरता तथा अझ प्रभावकारी नीति अपनाउनेबारे हमेसा चर्चा गरेका हुन्छन् ।