‘जनप्रतिनिधि बीच कार्यकक्षमै कुटाकुट’

महिला माथि हातपात भयोःउपाध्यक्ष ढिकी गुरुङ

  • १३ भाद्र २०७४, मंगलवार
  • सुन्दर कुमार थकाली
  • 6514 पटक पढिएको

 करिव ४ वर्ष अघि भारतिय राजदुतावासले साविक कागबेनी गाविसको रेडक्रस शाखालाई उपलब्ध गराएको पूरानो र जीर्ण अवस्थामा जोमसोमको एक ग्यारेजमा थन्किएको एम्बुलेन्स व्यवस्थापन गर्ने बिषयलाई लिएर सोमवार दिउँसो बाह्गाउँ मूक्तिक्षेत्र गाउँपालिकाकी उपाध्यक्ष ढिकी गुरुङ र सोहि गाउँपालिका वडा नं.४बाट निर्वाचित वडाअध्यक्ष तेन्जिङ गुरुङ बीच सामान्य विवाद हुँदा दोहोरो कुटाकुट भएको छ । गाउँपालिकोको नियमित बिशेष बैठक चलिरहेको बेला जोमसोमको एक ग्यारेजका मालिकले जतिसक्दो छिटो एम्बुलेन्स हटाई दिन वडाअध्यक्ष तेन्जिङलाई अनुरोध गरेको र ग्यारेज मालिकको टेलिफोन लगत्तै वडाअध्यक्ष तेन्जिङले म माथि औला ठड्याउँदै एम्बुलेन्स हटाउन दबाव दिएको उपाध्यक्ष ढिकी गुरुङको भनाई छ ।

‘मलाई एम्बुलेन्सबारे केहि थाहा थिएन,त्यसैले व्यवस्थापन गर्न सक्दिन भने ’उपाध्यक्ष ढिकीले भनीन्‘मैले त्यतिमात्र के भनेकी थिए ,वडाअध्यक्ष तेन्जिङले कार्यकक्ष भित्रै म माथि एकाएक जाईलागे ।’ उनले आफु गाउँपालिकाको सम्मानित महिला उपाध्यक्ष माथि यसप्रकारको कुटपिट र दुर्रव्यवहारले कानुनी राज्यको उपहाँस भएको समेत उल्लेख गरिन् ।‘ म माथि कुटपिट भयो,कार्यकारणी अधिकृतले मेरो ज्यान जोगाई दिए ,म मुश्किलले ज्यान जोगाएर घरफर्किए’उपाध्यक्ष ढिकीले भनीन्‘ मलाई अपहेलित र कुटपिट गरियो ,मैले वडा अध्यक्ष बिरुद्ध उजुरी दिन ईलाका प्रहरी चौकी पूगे, त्यहाँ पनि वडाअध्यक्षका पिता नेपाली कांग्रेस मुस्ताङका उपसभापती न्र्हुवु गुरुङ आएर म माथि खनिए ।’

एउटा सम्मानित वडा अध्यक्ष जस्तो व्यक्तिले सामान्य बिषयमा आफ्नै समकक्षी बिरुद्ध कुटपिटमा उत्रनु शिङ्गो लोकतन्त्र माथिको उपहाँस भएको उपाध्यक्ष ढिकीको भनाई छ ।नेपाली कांग्रेस मुस्ताङको उपसभापती न्र्हुवु गुरुङले आफ्नै छोरा वडाअध्यक्ष तेन्जिङलाई सम्झाई बुझाई नगरि उल्टै मेरो कपाल उखेल्न खोज्नु,ढुङ्गा प्रहार र प्रहरीको लाठी खोसी म माथि बर्साईएको उनले बताईन् । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय मुस्ताङले वडाअध्यक्ष तेन्जिङ गुरुङ र उनका पिता न्र्हुवु गुरुङलाई सोमवार साँझनै पक्राउ गरि जिप्रका जोमसोम ल्याईएको छ। मंगलवार दुईपक्ष बीच मेलमिलापको वार्ता प्रयास भएपनि आफुमाथि परेको अन्याय बिरुद्ध कानुनी उपचार नभएसम्म कुनै संम्झौता हुन नसक्ने उनले बताईन। कुटपिटमा संग्लन नीज बाबु र छोरालाई हिरासतमा राखि कार्वाही अगाडि बढाएको जिप्रका मुस्ताङले जनाएको छ ।

सुन्दर कुमार थकाली