बेनीको होटल याकमा जिल्लामै पहिलोपटक कार्डबाटै भुक्तानी गर्न मिल्ने पस मेसिन जडान

  • १३ भाद्र २०७४, मंगलवार
  • कमल खत्री
  • 6301 पटक पढिएको

म्याग्दी, १३ भदौ । म्याग्दी सदरमुकाम बेनीमा पर्यटकहरुलाई लक्षित गरि सञ्चालनमा रहेको होटल याक एण्ड रेष्टुरेन्टले जिल्लामै पहिलो पटक कार्डबाटै भुक्तानी गर्न मिल्ने पस (पिओएस) मेसिनलाई प्रयोगमा ल्याएको छ । बेनी स्थित अस्पताल चोकमा रहेको होटल याकले सोमबारदेखि औपचारीक रुपमा सिद्धार्थ बैंक बेनी शाखा मार्फत नगद रहित भुक्तानी सेवाको लागि उक्त मेसिनको जडान गरी सेवा सुरू गरेको होटलका सञ्चालक बाबुराम आचार्यले बताउनुभयो । उहाँले सो मेसिन मार्फत होटलमा सेवा लिने ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाटै रकम भुक्तानी गर्न सक्ने सुविधा पुगेको बताउनुयभो ।


होटलमा रहेको उत्तः मेसिनमा सिद्धार्थ वा अन्य बैँकको डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्ने रकम होटलको सिद्धार्थ बैँकमा रहेको खातामा जम्मा हुनेछ भने होटलले बैँकलाई निश्चित सेवा शुल्क तिर्नेछ । बिशेष गरि विदेशी पर्यटकले नगद रहित सेवा अन्र्तगत कार्डबाटै रकम भुत्तानी गर्ने सेवा लिने गरेकाले होटलको आग्रहमा मेसिन उपलब्ध गराइएको बैकका बेनी शाखा प्रवन्धक गणेश पाठकले बताउनुभयो । उहाँले यो सेवाले विस्तार भएमा पर्यटक तथा सेवा लिने सेवाग्राहीहरुले पैसा बोकीरहनुपर्ने झण्झट नहुने भएकाले यो सेवा देशव्यापि रुपमा लोकप्रिय बन्न थालेको समेत बताउनुभयो ।

होटलको काउण्टरमा रहने मेसिन इन्टरनेट तथा टेलिफोनको प्रयोगबाट ग्राहकको एटिएमको प्रयोग गरी भुक्तानी गरिन्छ । ‘‘ होटलमा कार्डबाट भुक्तानी गर्ने ग्राहकहरु धेरै आउने गरेका छन, अहिले सिद्धार्थ बैँकको सहयोगमा हामीले यो सेवा उपलब्ध गराएका छौँ, यो सेवाबाट अधिकाँश पदयात्रा र भम्रणमा आउने पर्यटकहरुले लाभ लिनेछन्, ग्राहकमैत्री सेवा अन्र्तरगत नगदरहित भुक्तानीका लागि यो सेवा थप गरेका हौँ, ’’– होटलका सञ्चालक आचार्यले भन्नुभयो । पदयात्रा तथा भम्रणमा आउने पर्यटकहरुले नगद पैसा बाकेर हिड्दा असुरक्षित महसुस गर्ने र कार्डको प्रयोग गर्न खोज्ने भएकाले पस मेसिनको प्रयोगबाट पर्यटकहरुलाई सबैभन्दा बढी सहज हुने उहाँको भनाई छ । करिब ४ बर्ष अगाडी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरि धौलागिरीमै लोकप्रिय बनेको होटल याकले पस मेसिनको प्रयोग गरेसंगै भम्रणमा आउने पर्यटकहरुलाई समेत थप आकर्षित गर्ने आंकलन गरिएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l