म्याग्दी सहकारीद्धारा बाढी पिडितको लागि प्रधानमन्त्री राहत कोषमा ५१ हजार सहयोग

  • १३ भाद्र २०७४, मंगलवार
  • 2291 पटक पढिएको

म्याग्दी, १३ भदौ । काठमाण्डौमा रहेका म्याग्दीबासीहरुले सञ्चालन गरेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाढी पिडितको लागि रु ५१ हजार सहयोग गरेको छ । काठमाडौंको गोंगबुमा रहेको सहकारीले हालै तराईमा आएको बाढीको कारण पिडित भएकाहरुको लागि प्रधानमन्त्री दैपि प्रकोप राहत कोषमा सो सहयोग उपलब्ध गराएको हो । मंगलवार सहकारीका बरिष्ठ सल्लाहकार डाक्टर ज्योती शेरचनको नेतृत्वमा गएको सहकारीको पदाधिकारी तथा सल्लाहकारहरुको उपस्थितिमा सो रकम बराबरको चेक शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ ।

टोलिले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेट गर्दै बाढि पिडितहरुको लागि सो सहयोग गरेको संस्थाका सचिब दिपबहादुर छन्त्यालले जानकराी दिनुभयो । बरिष्ठ सल्लाहकार डाक्टर शेरचन, संस्थापक अध्यक्ष खमबीर गर्वूजा, उपाध्यक्ष सुशिला शेरचन, थमबहादुर छन्त्याल , कोषाध्यक्ष इन्द्रजीत छन्त्याल, सहसचिव लेपप्रसाद पुर्जा लगायतलेले उक्त चेक प्रधानमन्त्रीलाई संयूक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो ।

सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार खमबीर गर्बुजाले प्रधानमन्त्री देउवालाई सहकारीले तयार गरेको टेबल क्यालेण्डर हस्तान्तरण गर्नुृ भएको थियो भने सचिव दिपबहादुर छन्त्यालले संस्थाको संछिप्त जानकारी गराउनुभएको थियो । काठमाण्डौमा रहेका म्याग्दीको ४५ वटै वडाका बासिन्दाहरु आबद्ध भएको यस सहकारीले म्याग्दी लगायत देशभरका दैवि प्रकोप संगै विभिन्न स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा रचनात्मक सहयोग गर्दै आएको छ ।