तराईका बाढीपीडीतलाई हिमालपारीको सहयोग

  • १२ भाद्र २०७४, सोमबार
  • सुन्दर कुमार थकाली
  • 4278 पटक पढिएको

मुस्ताङ , १२  भदौ ।  मुस्ताङमा रहेको दुई बिद्यायार्थी संगठन अनेरास्ववियू तथा स्वतन्त्र बिद्यायार्थी यूनियनले तराईका बाढी पीडितलाइ आर्थिक सहयोग उपलब्ध गराएका छन् । सदरमुकाम जोमसोमका बिभिन्न पेशा व्यवसायीहरुबाट संङ्कलित उक्त रकम अनेरास्ववियूको केन्द्रिय कार्यालय काठमान्डौको नाममा रहेको एनसीसी बैङ्क खाता नं. ००३००००३३८०१ मा अनेरास्ववियू तथा स्ववियू मुस्ताङले बाढी पीडितका नाममा १ लाख रुपैया जम्मा गरेका हुँन् ।

जनहित माध्यमिक बिद्यालय तथा क्याम्पसका स्ववियूले एक पत्रकार संम्मेलन गरेर बाढी पीडितलाई राहत उपलब्ध गराउने गरि संङ्कलित रकम केन्द्रिय कार्यालयलाई उपलब्ध गराएको हो ।सोमवार जोमसोमको होटल माउण्टेन भ्यूमा एक कार्यक्रम गरि अनेस्ववियू मुस्ताङका अध्यक्ष पेमा छेतेन बि.क. तथा स्ववियू सभापती रविन बानियाँले सोहि अनेरास्ववियूकी पूर्व अध्यक्ष सम्झना थकालीलाई उक्त रकम हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा स्ववियू सभापती रविन बाँनियाले तराईमा डुबानमा परेका जनतालाई थोरै भएपनि आर्थिक सहयोग प्रदान गर्न मुस्ताङका बिद्यार्थीले पहल गरेको बताए ।‘हामीले जम्मा गरेको सानो रकमले तराईका बाढी पीडितलाई थोरै सहयोग मिल्नेछ,यो रकम सम्वन्धित ठाउँमा पूगोस भनेर अनेरास्ववियूको केन्द्रिय कार्यालयको खातामा जम्मा गरेका हौ’उनले भने‘अनेरास्वियूले बचन दिएको छ ,यो रकम तराईमा पूग्नेछ ।’

अनेरास्ववियूका अध्यक्ष पेमा छेतेन बिकले दुख र पीडाँमा परेकालाई सहयोग गर्न मुस्ताङका बिद्यार्थीले सक्रियता देखाएको बताए।‘हामीले कक्षाको पढाई छाडेर बाढी पीडितलाई सहयोग गरेका हौ’बिकले भने‘हामीलाई सहयोग गर्ने दाताहरु प्रति आभारी छौ ,यस्ता सामाजिककार्यमा बिद्यार्थीका सक्रियताले राम्रो म्यासेज जानेछ ।’

सो अवसरमा बिद्यार्थीले संङ्कलन गरेको आर्थिक सहयोग संम्वन्धित ठाउँमा पूग्ने प्रतिबद्धता व्यक्त गरिन् ।यतिबेला तराई दुख र पीडामा परेको बेला हिमालपारीको पनि सहानुभूतिको सन्देश दिलाउन बाढी पीडितलाई रकम पठाईएको उनको भनाई छ ।कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखा मुस्ताङका अध्यक्ष सुन्दर कुमार थकाली ,पत्रकार तिलक बिक र नीरज थकालीले बोलेका थिए ।

सुन्दर कुमार थकाली