तिस लाखको थकाली संस्कृती संरक्षण सम्बद्र्धन अक्षयकोष स्थापना

कोवाङमा मंगलबारदेखि कुमार यात्रा सुरु हुदै

  • १२ भाद्र २०७४, सोमबार
  • सन्तोष गौतम
  • 1821 पटक पढिएको

कोवाङ(मुस्ताङ) १२ भदौ । नेपालका अल्पसंख्यक थकाली समुदायको संस्कृती संरक्षण सम्र्बद्धनका लागि तिस लाख रुपैयाको अक्षयकोष स्थापना भएको छ ।थकाली सेवा समितिको सोमबार थासाङ गाउँपालीका २ कोवाङमा बसेको बैठकमा महासचिव नरेशकुमार तुलाचनले गत पुष १५ देखि ३० गतेसम्म सञ्चालीत बाह् वर्षे ल्हफेव पर्वको अवसरमा संकलित रकमबाट तिस लाख रुपैयाको थकाली संस्कृती संरक्षण सम्र्वद्धन कोष स्थापना गरेको जानकारी दिनुभयो ।

थकाली समुदायको लोपोन्मुख भाषा, कला, संस्कृती, परम्पराको जगेर्ना गर्ने उद्देश्यले कोष स्थापना गरिएको उहाँले बताउनुभयो । समितिले थकाली संग्रहालय स्थापना, भाषा संरक्षण कक्षा सञ्चालन, परम्परागत चाडपर्वको संरक्षण गर्ने लगायतका कार्ययोजना बनाएको छ । यसैगरी प्रत्येक वर्षको भदौ महिनामा मनाइने कुमार जात्रा (फालो पर्व)लाई निरन्तरता दिनका लागि यसअघि स्थापित १७ लाख पाँच हजार रुपैयाको अक्षयकोषलाई वृद्धी गरी २५ लाख पु¥याइएको छ ।

थकाली सेवा समिति युकेका कल्पना गौचनको संक्रियतामा संकलित ६ लाख ५५ हजार र समितिको एक लाख ४० हजार कोषमा थप गरिएको अध्यक्ष कृष्णकुमारी शेरचनले बताउनुभयो । समितिको बैठकले मंगलबारदेखि कोवाङमा सुरु हुने फालो पर्व सञ्चालनका लागि थाक सात सय मुखीयालाई १७ हजार रुपैया सहयोग गर्नुका साथै भट्टचन, गौचन, शेरचन र तुलाचनका पुजारीलाई दक्षिणको व्यवस्था गर्ने निर्णय गरेको छ ।

मंगलबारदेखि १६ गतेसम्म कोवाङमा सुरु हुने थकाली समुदायको फालो पर्व (कुमार जात्रा)को तयारी पुरा भएको छ । थाक क्षेत्रका थकाली समुदायका भगवान नरिच्यहोबको आर्शीवाद लिनका लागि ५ देखि १३ वर्षसम्मका छेवार गरीसकेका कुमार केटाहरुले भाद्र महिनाको शुक्ल पक्ष अनुराधा नक्षत्र पारि कुमारयात्रा कर्म गर्नुपर्ने धार्मीक मान्यता छ । कुमार यात्रामा सहभागी हुने ५, ७, ९, ११ र १३ वर्ष उमेरमा रहेका छेवार गरिसकेका थकाली समुदायका कुमारहरु कोवाङमा आएका छन् ।

 

सन्तोष गौतम