एनआरएनए स्वीसको उपाध्यक्षमा पत्रकार दर्पणको उम्मेद्वारी

  • ११ भाद्र २०७४, आईतवार
  • 2065 पटक पढिएको

गैर आवासीय नेपाली संघ (एआरएन) स्वीटजरल्याण्डको आगामी निर्वाचनका लागि पत्रकार विजय शर्मा दर्पणले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् ।विगत ६ बर्षदेखि स्वीटजरल्याण्डमा बसेर सामाजिक सेवामार्फत नेपाल र नेपालीको सेवा गर्दै आइरहेका दर्पणले एनआरएनए स्वीसको आगामी कार्यकाल २०१७–२०१९ को उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सञ्चारकर्मी समेत रहेका दर्पणले स्वीसमा रहने सम्पूर्ण गैर आवासीय नेपालीहरुको आशा र भरोसाको केन्द्र रहेको एनआरएनए स्वीसलाई अझ बढी सशक्त बनाउनका लागि आफू उम्मेदवार बन्न लागेको स्पष्ट पारेका छन् ।

आफूले विगतमा सञ्चय गरेको अनुभव र स्वीस निवासी नेपालीहरुको माया र सद्भावले २०१५–२०१७ को कार्यकालमा कार्यकारी सदस्य भई एनआरएनए स्वीसमा काम गर्ने अवसर पाएको उल्लेख गर्दै दर्पणले आगामी दिनहरुमा सशक्त भई उर्जाशील जोश, जागर र नयाँ कार्ययोजनाको साथमा निरन्तर रुपमा संस्थाको लागि लागिपर्ने प्रतिबद्धता जाहेर गरेका छन् । Source: dainiknepal.com