रत्नेचौरको फुटबल प्रतियोगितामा उत्साही समुह पर्वत बिजयी

  • ११ भाद्र २०७४, आईतवार
  • 2573 पटक पढिएको

म्याग्दी, ११ भदौ । बेनी नगरपालिका–१ रत्नेचौरमा आयोजित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगितामा उत्साही समुह पर्वत बेनी बिजयी भएको । आइतबार साँझ सम्पन्न भएको फाइनल खेलमा आयोजक रत्नेचौर फुटबल क्लव ‘ए’ लाई १ का विरुद्ध २ गोल गदैं पर्वत बेनीको उत्साहीले उपाधी हात पारेको हो ।


प्रतिस्पर्धात्मक फाईनल खेलमा घरेलु टोलि आयोजक रत्नेचौर फुटवल क्बललाई १ गोल अन्तरले पछि पार्दै उत्साहि समुहले बिजयी सुनिश्चित गरेको हो । प्रतियोगितामा विजेताले नगद १० हजार, मेडल, ट्रफी र प्रमाणपत्र र उपविजेताले नगद ५ हजार, मेडल, ट्रफि र प्रमाणपत्र हात पारेका छन् । प्रतियोगितामा म्याग्दी, पर्वत र बागलुङका ३३ टिमको सहभागिता रहेको थियो ।