धौलागिरी गापाका जनतालाई चित्तबुझदो उत्तर दिन तयार भएर बस्ने की ?

  • ११ भाद्र २०७४, आईतवार
  • 7199 पटक पढिएको

आश्चर्य नमान्नु होला ! अव गुर्जाको एक जना सेवाग्राहीले गाउँपालीकाबाट सेवा पाउनका लागि घट्टेखोला, मुना, मच्छिम, ताकम र धारापानीमा कागजजात हातमा लिएर सम्भवत पाँच स्थानमा डुल्नु पर्ने भयो । मल्कवाङ र मराङका जनताले जाँगर चलाएर एकफन्को मार्नुपर्ने भयो । मुना हुँदै धारापानीसम्म या धारापानी हँुदै मुना सम्म । मुदी का जनताले मुना हँुदै धारापानी सम्म ।

धौलागिरी गाउँपालिकाको जनतालाई जनप्रतिनिधिले दिएको यो सुनौलो बम्पर उपहार हो । जब गाउँसभाबाट धौलागिरी गाउँपालिकाको केन्द्र विवाद मिलाउने नाममा मुनादेखि धारापानीसम्म कार्यालय राख्ने निर्णय भयो त्यसैलाई मैले “कहि नभएको जात्रा हाँडी गाउँमा” भन्ने प्रतिक्रिया दिएको थिए । निर्णय गर्नेहरूले त एकदम ठीक छ सर्वसम्मतिबाट निर्णय भयो भन्ने तर्क देलान ।

प्रसंग

विगतमा मुना र ताकम मध्ये एक ठाउँमा केन्द्र कायम गर्ने भन्नेमा ब्यापक बहस चल्यो । जिल्लाबाट खटिएका विज्ञ समुहले पनि यी दुई स्थानलाई उपयुक्त भनी सुझाए । मुनालाई अस्थाइ केन्द्र कायम गरिदिएकोमा ताकमका बासिन्दाले सडक अवरुद्ध समेत गरे ।

यो घट्ना त्यहाँका जनतालाई सबैलाई अवगत छ । सैद्धान्तिक रुपमा आम सर्वसाधारण सेवाग्राहीहरूले एकै स्थानबाट सम्पुर्ण सेवा पाउन सकुन भन्ने गाँठी मर्म हो । संघियताको मुल मर्म पनि जनताले घरदैलौमै सास्ती नपाउने गरि सेवा सुविा पाउनु पनि हो । तर यो मर्मको ठीक विपरित गाउँपालीका केन्द्र नभइ त्यान्द्रो जस्तै तानिएको निर्णय भएको छ । यस्तो असहज निर्णय किन भयो भनी प्रश्न गर्ने अधिकार त्यहाँका जनतामा सुरक्षित छ र हुनेछ । सकारात्मक नकारात्मक गुनासोहरू गर्ने नै छन्, यसमा कुनै शंका छैन ।

अस्थाइ केन्द्र कायम भएको गाउँपालीकालाई निर्वाचित प्रतिनिधीहरूले निर्वाचित भएको ६ महिना भित्र टुङ्गयाउने भन्ने नीतिगत प्रावधान थियो । यसको लागि गाउँपालीकाले श्रावण २३ र २४ गते सर्वपक्षिय भेला बोलायो ।

यी दुई दिनमा पनि टुङ्गो लागेन । २५ गते अचानक निर्णय भयो, सो निर्णय अनुसार फलियागाउँको घट्टेखोलामा केन्द्रीय कार्यालय राख्ने, अस्थाइ केन्द्र भएको मुनामा केही कार्यालय राख्ने, केही कार्यालय ताकम र धारापानीमा राख्ने र केही कार्यालय मच्छिममा राख्ने भन्ने निर्णयमा हस्ताक्षर भएको रहेछ । यसरी ५ स्थानमा कार्यालयहरू बाँडिएका छन् ।

मुख्यतः कसको कारणले यस्तो भयो ?

सोझो, सबैले बुझने र आयोगले पनि अस्थाइ केन्द्र मुनामा हुने निर्णय गर्नुको पछाडि केही विश्वासिलो, तर्कसंगत र तथ्यगत आधारहरू छ । कुनै आधार र तर्कविना मुनामा अस्थायी केन्द्र कायम गरिएको थिएन । त्यस भेगका गुर्जा (हाल वडा नं १) लुलाङ (हाल वडा नं २) मुना (हाल वडा नं ३ ) मुदी ( हाल वडा न. ४) जहाँ बहुसंख्यक सर्वसाधारणलाई बढी नजिक हुने देखेर नै उपयुक्त आधार ठानेर अस्थाइ केन्द्र मुनामा कायम गरिदियो । जनसंख्याको आधारमा हेर्दापनि मुना केन्द्र हुने आधार देखिन्छ । जस्तै पछिल्लो (सन् २०११) जनगणनाको आँकडा तलको तालिकामा हेर्नुहोस् । स्थानीय तह निर्धारण समितिले पनि यही जनगणनालाई आधार मानेको हो ।

१. मुनामा पायक पर्ने गाउँ र जनसंख्या
गाउँ जनसंख्या
गुुर्जा ९६०
लुलाङ १४८४
मुना २३४५
मुदी २५०३
जम्मा ७२९२

२. ताकममा पायक पर्ने गाउँ र जनसंख्यागाउँ जनसंख्या
मल्कवाङ १२६७

मराङ १७८७
ताकम ३७५४
जम्मा ६८०८

तालिका अनुसार ४ वटा वडा (गुर्जा, लुलाङ, मुदी, मुना) लाई जोडेर जम्मा ७,२९२ जनसंख्या देखिन्छ । त्यस्तै अन्य ३ वटा वडा (मल्कावाङ, मराङ र ताकम) लाई जोडेर जम्मा ६८०८ देखिन्छ । यसरी हेर्दापनि मुनामा पायक पर्नेमा ४४८ जनसंख्या ताकममा पायक पर्नेको तुलनामा बढी देखिन्छ । यो उल्लेख्य संख्या हो । अझ मच्छिमलाई पनि समावेश गर्ने हो भने यो संख्या बढी हुन आउदछ ।
प्रतिशतको आधारमा हेर्ने हो भने ५२ प्रतिशत जनतालाई मुनामा सहज र ४८ प्रतिशत जनतालाई तामकमा सहज देखिन्छ । मुनामा केन्द्र कायम गर्नुको आधार र तर्क यही हो जसले मुनामा अस्थाइ केन्द्र तोक्यो ।

र, निस्वार्थ, निष्पक्ष, वस्तुगत र बैज्ञानिक तरिकाले विश्लेषण गर्ने हो भनेपनि स्थायी केन्द्रको आधारपनि यही हो र हुनुपथ्र्यो । ताकमले आप्mनो ठाउँमा पार्नुपर्छ भन्नु अस्वभाविक थिएन । यद्यपी यी १ देखि ४ वटा वडाका जनप्रतिनिधिको बहुमत पुगेपछि ताकमपनि मुनालाई स्वीकार्ने अवस्थामा हुन्थ्यो र स्वीकाथ्र्यो पनि । तर वडा नं. १ को प्रतिनिधिले आप्mनो “प्रवृति” देखाएपछि नसाँेचेको अवस्थासृजना हुन पुग्यो र अनपेक्षित परिणाम आयो । यसमा सर्वसाधारण जनता सन्तुष्ट हुने ठाउँ छैन ।’ चुनाव हुनुभन्दा अगाडी यी १ देखि४ वडाको मुनामानै केन्द्र हुनुपर्छ भन्ने बलियो सहमति थियो । यसका प्रमाणहरू प्रसस्तै छन् । तर चुनाव पछाडी वातावरण धमिल्याउने सवैभन्दा मुख्य भुमिका वडा न. १ को प्रतिनिधिको तर्फबाट भएको पाइयो । यस्तो भएपछि स्वभावैले यसको आड ताकमले पायो वा ताकमले पनि आफ्नो पक्षमा पार्न १ नं. लाई उचाल्यो ।

वडा नं. १ ले स्वघोषित र कथित “मध्यस्थकर्ताको भुमिकामा छौँ” (हिन्दीमा उखान छ, मान नमान मै तेरे मेहमान भनेजस्तै) भन्दै हिड्ने काम भयो । मध्यस्थकर्ताको परिभाषानै फेर्ने काम भएको छ । मुनामा केन्द्र हुनुपर्छ भन्ने बलियो तर्क एैतिहासिक रुपले वडा नं. १ (गुर्जा) सबै भन्दा ताढा छ र त्यसलाई न्याय दिनुपर्छ भन्ने सैद्धान्तिक मान्यता पनि हो । त्यो वडाको प्रतिनिधिले यसरी नसोच्दाको परिणाम अहिले त्यान्द्रोपालिका भएको छ । यसर्थ जनतालाई सकस पर्ने निर्णय हुनुको पछाडी सबैभन्दा मुख्य जवाफ त वडा नं. १ को प्रतिनिधिले दिनुपर्छ । के आम जनतालाई चित्त बुझदो जवाफ दिन तयार छौ ? त्यसमा अन्य पनि धेरथोर दोष रहित त छदै छैनन् । गाउँपालिका अध्यक्ष र उपाध्यक्षले यो बिषयमा बहुमत वडाहरुको मर्म अनुसार निर्णय गराउन किन सकेनन् ?

अर्को कुरा पञ्चायती कालमा गाउँ पञ्चायत होस वा बहुदलिय कालमा गाविस र हाल अस्थायी गाउँपालिका केन्द्र ऐतिहासिक कालदेखिनै मुना गाउँमा स्थापित भएको केन्द्रीय कार्यालयलाई उक्काएर किन घट्टेखोला लगियो ? किन इतिहासलाई मेटने काम भयो ?यसको पछाडीको कारणहरू के के हुन् ?मुना त्यस भेगको आदिम मगर बस्ति हो । लोक कथन छ त्यहाँका मगर रन्के राजार फलियाँ गाउँका रत्ने भण्डारीका सन्तान पुस्तौ पुस्ता सम्म मिलेर बसेको इतिहास रोचक छ । रन्के राजाले रत्ने भण्डारीलाई ल्याएर राखेका थिए भन्ने कथन छ । यसमा मच्छिमका जैचन काजी (छन्त्याल) पनि जोडिन्छन् । अहिले त्यो ऐतिहासिक ठाउँलाई पाखा लगाएर किन घट्टेखोला रोजियो ? यसमा कसको भुमिका छ भन्ने बारेमा पनि विस्तारै बाहिर आउदै गर्ला ।

कतै मगर र भण्डारीको एैतिहासिक सम्बन्धमा दरार ल्याउनका लागि त यस्तो भएको छैन ? यसको भुमिका खेल्ने काम कसले गरयो ? मुख्य कार्यालय मुनाबाट घट्टेखोला लैजानुपर्छ भन्ने प्रस्ताव ऐतिहासिक कालदेखि मुनासंग मिलेर बसेका फलियागाउँका जनताहरूले गरे भन्ने मलाई विश्वास छैन । घट्टेखोला हुन्छ भन्ने अनि त्यही नजिकैको मुनामा मुख्य कार्यालय हुँदैन भन्ने ? यो कस्तो र कसको खेल वा तर्क हो ? यदी वडा नं १ को प्रतिनिधिले गरेको हो वा अन्य कुनै वडाको प्रतिनिधिले गरेको हो भने पनि भोलीका दिनमा चित्तबुझदो जवाफ दिन तयार हुनुपर्दछ । जनताको प्रतिनिधिले गरेको निर्णय क्षणिकलाई होइन र दिर्घकालसम्म उत्तरदायीवत्व बहन गर्नुपर्छ, जवाफ दिइरहनु पर्दछ ।

हुनुपर्ने के थियो ?

१.सिधा कुरा, माथिका तथ्याँङ्गकले पनि मुनामा केन्द्र हुने बैज्ञानिक र तथ्यगत आधार छ । बहुसंख्यक जनताको बढी सहजता हुन्छ । यस अर्थमा ताकमले छोड्नु पर्दथ्र्यो । यदी सहमतिमा नै जाने हो भने अहिले ताकममा भएका सुविधायुक्त कार्यालयहरू मात्रै ताकममै राख्ने र अन्य कार्यालयहरू मुनामा एकै स्थानमा राख्नु पथ्र्यो । यसले आवश्यकताको आधारमा मात्रै जनता त्यहा पुग्न सक्थे । अवैज्ञानिक आधारमा आप्mनो अनेक स्वार्थ लिएर जतापायो त्यतै केन्द्र तोक्दै हिड््ने छुट कसैलाई थिएन । किनभने विज्ञहरुले उपयुक्त दुई स्थान मध्ये एकलाई निर्धारण गर्ने सुझाएको थियो ।

२.ताकमले के बुझनु पथ्र्यो भने त्यहाँ शहरी बिकास योजना पनि छ । निकट भविश्यमा त्यो ठाउँ शहर हुनेछ । त्यसकारण सबै एकै ठाउँमा पार्ने लोभ तत्काल छोड्नुपथ्र्यो । विकासको दृष्टीकोणले पनि यस्तो गर्नु उपयुक्त थियो । मुनामा हुदा निश्चित रुपमा मराङ र मल्कवाङलाई अपायक पर्छ । त्यसको लागि छिटो भन्दा छिटो गाउँपालिका केन्द्रसंग जोड्ने पुर्वाधारमा लाग्नु पर्दथ्यो, जसले नजिकै ल्यावस् ।

अन्तमा

भविश्यमा त्यहाँका सेवाग्राही सर्वसाधारण जनताले सास्ति खेप्ने अवस्था देखियो ।अहिलेकै अवस्थामा छोड्नेहो भने भोली बहुआयामिक द्वण्द्वमा फस्ने सम्भावना पनि नकार्न सकिदैन । किनभने व्यवहारमा कठीनाइ भोग्दै जादा एकअर्कालाई दोषारोपन हुने देखिन्छ । मलाई थाहा छैन, यस्तो अवस्थामा प्रादेशिक विद्यायीकाको के भुमिका छ र जिल्ला समन्वय समितिको के भुमिका छ । जनताले प्रत्यक्ष सास्ति बेहोरे पछिको अवस्था के होला ?यसको जवाफ दिनपनि अहिलेका प्रतिनिधि तयार भएर बस्नुपर्छ, विशेषगरि जसले जनतालाई सास्तिहुने निर्णय गर्ने मुख्य भुमिका खेले ।

—यामबहादुर पुन, धवलागिरी.गा.पा.– २
नोट यो लेख लेखकको निजी बिचार हो । लेखकको निजी बिचारसंग यस सञ्चारगृहको कुनै सम्बन्ध छैन् ।