तेस्रो एभरग्रीन कपको आयब्यय सार्वजनिक

  • १० भाद्र २०७४, शनिबार
  • 1913 पटक पढिएको

म्याग्दी, १० भदौ । म्याग्दी सदरमुकाम बेनीमा खुल्ला संचालित तेस्रो एभरग्रीन कप सेभेन ए साईड कप फुटवल प्रतियोगिताको आयब्यय सार्वजनिक गरिएको छ । गत साउन १७ गतेदेखि २१ गतेसम्म बेनी स्थित खुलामञ्चमा सम्पन्न भएको प्रतियोगितामा कुल ११ लाख ९८ हजार ८७८ रुपैयाँ आम्दानी भएको थियो ।

प्रतियोगितामा दर्ता शुल्कबाट २ लाख ३० हजार, प्रयोजनबाट ९ लाख ६८ हजार आम्दानीबाट ६ लाख ४० हजार खर्च कटाएर ५ लाख ५८ हजार बचत भएको अध्यक्ष ललित पुर्जाले बताए । उनका अनुसार प्रतियोगितामा १ लाख ५५ हजार ५ सय प्रयोजन वापतको सहयोग उठ्न बाँकी रहेको छ। नगद पुरस्कार, रेफ्र्री, खेलाडी, खाना तथा आवास, प्रचारप्रसार पुरस्कार, विद्युत लगाएत अतिरिक्त खर्च भएको क्लवले जनाएको छ ।

क्लवमा बचत रहेको नगदलाई आगामी प्रतियोगिताका साथै सामाजिक कार्यमा सहयोग गरिने अध्यक्ष पुर्जाले बताए । क्लवले गलेश्वरका बृद्धआमश्र, मन्दिरको सरसफाईका साथै विभिन्न सामाजिक कार्यमा समेत सक्रियता देखाएको छ । प्रतियोगितामा बिजेतालाई नगद रु ८० हजार, ट्रफि, मेडल र प्रमाणपत्र तथा उपबिजेतालाई नगद रु ४५ हजार, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । सामाजीक रुपान्तरण हाम्रो अभियान भन्ने नाराका साथ स्थापना भएको क्लबले तीन बर्षदेखि लगातार बेनीमा हरेक बर्ष सेभेन ए साईड कप फुटवल प्रतियोगिता सञ्चालन गर्दै आएको छ।