क्रियटिभ मिडीयाद्धारा निर्मीत दुई गितको म्युजीक भिडीयो सार्वजनीक (भिडियो सहित)

  • १० भाद्र २०७४, शनिबार
  • 3101 पटक पढिएको

म्याग्दी, १० भदौ । बेनीमा रहेको क्रियटिभ मिडीयाले निर्माण गरेको दुई वटा गितको म्युजीक भिडीयो शुक्रबार सार्वजनीक गरिएको छ । म्याग्दीका सर्जक अनील बानियाले शब्द रचना गर्नुभएको फेसबुक खोलेर….. र एैनासरी…… बोलको म्युजीक भिडीयो सार्वजनीक गरिएको हो । क्रियटिभ मिडीयाका सञ्चालक भुपेन बानियाले निर्देशन, छायांकन र सम्पादन गरेको भिडीयोको गितमा दिपक शर्माको संगित रहेको छ ।
कृष्ण काफ्ले र रमा अर्यालको स्वर रहेको फेसबुक खोलेर बोलको गितको म्युजिक भिडियोमा गलेश्वर, महारानीथान र वौद्ध विहार लगायतका क्षेत्रमा छायांकन गरिएको छ । गित लोक पप रोमान्टीक गितको सो म्युजिक भिडियोमा लब थापा र फुलु पुन लगायतको अभिनय रहेको छ । श्रेयसी चेम्जोङले गाएको एैनासरी….. मा म्याग्दीकै धु्रब जिसी , सिमन्त बानिया र अनिता कार्की लगायतले अभियन गरेका छन् । गायक समेत रहनुभएका जिसीले यसअघि पनी अभिनय गर्नुभएको थियो भने बानियाले भने सोही गितबाट म्युजीक भिडीयामो डेब्यु गर्नुभएको हो ।

पत्रकार भेटघाटमा सार्वजनीक गरिएको दुई वटै म्युजीक भिडीयो शनिबार युटुवमा राखिने बानियाले जानकारी दिनुभयो । स्थानीय परिवेश समेटेर तयार भएको गितको म्युजीक भिडीयोमा पनी स्थानीय कलाकारलाईनै अवसर दिएको निर्देशक बानियाले बताउनुभयो । एक दशकदेखि बेनीमा भिडीयो निर्माण गर्दै आएका बानियाले डेढ वर्षअघि आधुनिक प्रबिधिको क्यामेरा लगायतका उपकरण खरिद गरेर म्युजीक भिडीयो छायांकनलाई व्यवसायीक रुपमा अघि बढाउनुभएको थियो । यो अवधिमा ७ वटा गितको म्युजीक भिडीयो निर्माण गरेका बानियाले चलचित्रको छायांकन गर्ने लक्ष्य राख्नुभएको छ ।

पत्रकार घनश्याम खड्काले म्याग्दीमा गुणस्तरीय म्युजीक भिडीयो निर्माण हुन थालेकोमा खुसी व्यक्त गर्दै कलाकार उत्पादन, उनिहरुलाई अवसर प्रदानका लागि सहयोग मिल्ने बताउनुभयो । कलाकारीतमा समेत सक्रिय रहेका निर्देशक तथा क्रियटिम मिडियो प्रोडक्सनका सञ्चालक बानियाँले यस अघि रुदै मेलै पातामा रोईला गित, खुसी आँसुले लैदियो दोहोरीगित, हिजोसम्म अञ्जान थियौ आधुनिक गित, म त हिड्नुपर्ने मान्छे पप गित र म्याग्दी जिल्ला बगरफाँटैमा लोकगितको म्युजिक भिडियोमा निर्देशन तथा छायांकन गरिसक्नुभएको छ भने तीन वडा म्युजिक भिडियोमा मोडलिङ समेत गर्नुभएको छ ।