बहराईनमा तीज विशेष कार्यक्रम तथा बिदाई कार्यक्रम सम्पन्न ।

  • ९ भाद्र २०७४, शुक्रबार
  • राम चन्द्र पौडेल
  • 3287 पटक पढिएको

 मानमा बहराईन

म्याग्दी उद्धार समिती बहराईन द्वारा हरितालिका तिज २०७४ को उपलक्ष्यमा तिज बिशेष कार्यक्रम तथा निबर्तमान अध्यक्ष  तेजेन्द्र थापा को बिदाई कार्यक्रम सम्पन्न गरेको छ । बर्तमान नवनिकुक्त्त अध्यक्ष लोक राम्जाली को सभापतित्तो तथा निबर्तमान अध्यक्ष तेजेन्द्र थापा को प्रमुख अथिति साथै एन आर एन ए बहराईन का अध्यक्ष लाल प्रसाद पुन, नेपाली क्लब का मानर्थ तथा समाजसेबी गम गुरुङ, क्लब का अध्यक्ष कमल श्रेष्ठ, लक्ष्मी गिरी, दुर्गा गिरी, दीपक गुरुङ, साथै बहराईनका बिभिन्न सँग संस्था का पर्तिनिधी ले अथिति को आसन ग्रहण गर्नु भएको थियो। कार्यक्रम संचालन महासचिब भक्त सिन्किजा पुन तथा कार्यकारीणी संयोजक राम चन्द्र पौडेल ले स्वागत मन्तव प्रस्तुत गर्दै उपस्थित सम्पुर्णलाई स्वागत गरेका थिए ।

तिज २०७४ को उपलक्ष्यमा बिभिन्न बक्ताहरुले शुभकामना दिदै म्याग्दी उद्धार समिती लाई धन्यवाद पनि दियका थिए । बिशेष गरेर म्याग्देली दिदिबहिनी हरु लाई दर खुवाउने तथा शुभकामना आदन प्रदान गर्ने उदेश्य का साथ कार्यक्रम को आयोजना भएको थियो । कार्यक्रममा विभिन्न तीजका भाकाहरुमा महिला दिदीबहिनीहरुले सामूहिक नृत्य प्रस्तुत गरेका थिए । नारि हरुको महान पर्व तिजको पवन अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा हर्ष र उल्लास मय बातावरणमा मुलत बहराईनमा रहेका नेपाली नारि हरुको ठुलो संख्यामा उपस्थिति रहेको थियो। सोही कार्यक्रम को बिच म्याग्दी उद्धार समिती बहराईनका निवर्तमान अध्यक्ष  तेजेन्द्र थापालाई एक भव्य सम्मानका साथ बिदाई गरेको छ ।

समितिका अध्यक्ष  लोक राम्जालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम महासचिव  भक्त सिन्किजा पुनले संचालन गरेका थिय भने नेपाली क्लबको सभाहालमा सो सम्मान तथा विदाई कार्यक्रम सम्पन्न भएको थियो । २००९ मा रोजगारको सिल्सिलामा बहराईन छिर्नु भएका तेजेन्द्र थापा  भिसा अवधी पुरा गरी उहाँ नेपाल फर्कन लाग्नुभएको हो । बहराईन छिरे लगतै थापा म्याग्दी उद्धार समिती बहराईनमा प्रवेस गर्नु भएको थियो । संस्थामा सदश्य सचिब, महासचिब, उपाध्यक्ष तथा अध्यक्षको जिम्मेबार पद सम्हाली समिती बहराईनलाई आज यो स्थानमा पूर्‍याउन उहाँको ठूलो देन रहेको छ । बिदाई कार्यक्रममा संस्थाका बरिस्ठ सल्लाहकार छबिलाल बि क, नेपाली क्लब का मानर्थ तथा समाजसेबी गम गुरुङ, क्लब का अध्यक्ष कमल श्रेष्ठ, लक्ष्मी गिरी, दुर्गा गिरी, दीपक गुरुङ, साथै बहराईनका बिभिन्न सँग संस्था का पर्तिनिधी लगायत वक्ताहरुले शुभयात्राको कामना दिनुभएको थियो ।

त्यस्तै निबर्तमान अध्यक्ष थापाले नव नियुक्त अध्यक्ष लोक राम्जाली, उपाध्यक्ष खड्ग तिलिजा, बिकास पाइजा तथा कोशाध्यक्ष अमन पाइजा एबम सह कोशाध्यक्ष ज्ञान पुन लाई खादा अोडाई सम्मान् गर्नु भएको थियो,कार्यक्रम को अन्त्यमा सभापति लोक राम्जालीले सम्पूर्ण सहयोगीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आफ्नो आगामी एजेन्डा प्रस्तुत गर्नु भएको थियो । आगामी एजेन्डा मध्य पहिलो एजेन्डा म्याग्दीमा अबस्थित एउटा नगरपालिका र अन्य ५ वटा गाउपालिका बाट रोजगारीको सिलशिलामा बहराईनमा कर्म गरि रहनु भएका ४५ वटा वडाकै प्रतिनिधित्व हुनेगरी कम्तीमा एकजना सदस्य हरेक वडा बाट कार्यसमितिमा चयन गर्ने र योग्यता अनुसार जिम्मेवारी दिने कुरा नव नियुक्त्त अध्यक्ष लोक राम्जाली ले जानकारी दिनु भयो ।

राम चन्द्र पौडेल