बेनीमा एक महिना लामो ‘बर्खेनाच’ सकियो

  • ९ भाद्र २०७४, शुक्रबार
  • कमल खत्री
  • 2387 पटक पढिएको

म्याग्दी, ९ भदौ । म्याग्दी सदरमुकाम बेनीमा एक महिना लोमा ‘बर्खेचान’ सकिएको छ । नेवार समुदायको परम्परागत साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शी देखी हरितालीका तिजको दिनसम्म विभिन्न नाचहरु देखाएर मनाईएको हो । साउन ६ गते देखी सूरु भएको बर्खेनाच अन्र्तगत भदौ ८ विहिवार साँझ सम्म विभिन्न नाचहरु देखाएर सम्पन्न गरिएको नेपाल भाषा मंकाः खलः अन्र्तगत रहेको ल्यामपुचःका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

बर्खेनाच अन्र्तगत तिजको दिनमा दानविय स्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछी असत्यमाथि सत्यको विजयी हुने सन्देश सहित यो नाच सकिएको हो । दिनभर बेनीबजारका विभिन्न क्षेत्रमा लाखेनाच प्रदर्शन पच्चात साँझ गणेश मन्दिर परिसरमा देखाईएको ‘तरबार लडाई नृत्य’मा श्रीकृष्णको रुप धारण गरेका कलाकारले लाखेको मुकुण्डोलाई बध गरेपछि यो बर्षको बर्खेनाच सकिएको हो ।


नेपाल भाषा मंकाः खल र नेवार युवाहरुको समुह ल्यामपुचको आयोजनामा प्रदर्शन गरिएको बर्खेनाच अन्र्तगत लाखेनाच, घोडानाच, नागानागीनी नाच, श्रीकृष्ण र सथयात्रा लगायतका नाच देखाईएको थियो ।

बर्खे नाचमा परापुर्व कालमा समाजमा दुख दिएको र विकृती फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति बियोगमा गरेको चरित्र प्रर्दशनलाई बर्खेनाचमा देखाउने गरिन्छ ।बेनी बजारमा बस्ती बसेदेखी नै नेवार समुदायको सक्रियतामा बर्खेनाच देखाउँदै आएको पाईन्छ ।

ऐतिहाँसिक महत्व बोकेको बर्खे नाचमा पछिल्लो समय बेनीका युवाहरुले सक्रियतापूर्वक सहभागिता जनाउने गरेका छन् । केही समय अगाडी बर्खेनाचको लागी युवा कलाकारहरुलाई तालीम समेत दिईएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l