रत्नेचौरमा सेभेन ए साईड कप फुटबल प्रतियोगिता सुरु

  • ७ भाद्र २०७४, बुधबार
  • 2586 पटक पढिएको

 

म्याग्दी, ७ भदौँ । बेनी नगरपालीका १ रत्नेचौरमा बुधबारदेखि सेभेन ए साईड कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

रत्नेचौर फुटबल कल्वले आयोजना गरेको प्रतियोगिताको वडा अध्यक्ष टेकबहादुर रावलले उद्घाटन गर्नुभयो । उहाँले रत्नेचौर खेलमैदानलाई थप व्यवस्थित र पूर्वाधार निर्माण गरेर नियमित खेलकुद गतिबिधि सञ्चालन गर्न पहल गरेको बताउनुभयो ।तिन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा म्याग्दी, बागलुङ र पर्वतका ३३ टिमको सहभागिता रहेको छ । बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद दश हजार र पाँच हजार रुपैया पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएका छन् ।

मिसन बुढोचौर खेलमैदान मर्मत समितिका अध्यक्ष गणेश बोगटीको अध्यक्षता, दानबहादुर महतको सञ्चालन र मन्नु रावलको स्वागत मन्तब्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।