म्याग्दीमा चार हजार मतदाता थपिए

  • ५ भाद्र २०७४, सोमबार
  • सन्तोष गौतम
  • 2003 पटक पढिएको

म्याग्दी ५ भदौ ।
म्याग्दीमा चार हजार जना मतदाता थपिएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर निर्वाचन कार्यालयले साउन १ देखि भदौ ३ गतेसम्म तस्विर सहितको मतदाता नामावली दर्ता अभियान सञ्चालन गरेको थियो ।


सो अवधिमा चार हजार २३७ जनाले नामावली दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दुई हजार ३५३ पुरुष र एक हजार ८८४ जना महिलाले नामावली दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभयो । म्याग्दीका छ वटै स्थानीय तहमा तस्विर सहितको मतदाता नामावली दर्ता गरिएको थियो ।


छुटेका र नयाँ थपिएका मतदाताले उत्साहपूर्वक नामावली दर्ता गराएका निर्वाचन अधिकारी पौडेलले बताउनुभयो । अधिकांश बसाई सरी आएका र बिदेशबाट फर्कीएका युवाले नाम दर्ता गराएका छन् । नामावली संकलनसंगै नाम, ठेगाना, विवरण फरक परेकाले सच्चाउन निवेदन दिएका छन् । गत बैशाख ३१ गते पहिलो चरणमा स्थानीय तह चुनाव भएको म्याग्दीमा ७१ हजार ४६३ जना मतदाता थिए ।

 

 

सन्तोष गौतम