वडा सदस्यहरुको सक्रियतामा अस्पताल परिसरमा सरसफाइ

  • ३ भाद्र २०७४, शनिबार
  • 1411 पटक पढिएको

म्याग्दी, ३ भदौ । बेनी नगरपालिकाको वडा नः ८ का वडा सदस्यहरुको सक्रियतामा बेनी अस्पताल परिसर सरसफाई गरिएको छ । वडा सदस्यहरु हेम भण्डारी, हिरा पुन, जिल्ला समन्वय समितिका सदस्य खिममाया पुर्जा, समाज सेवि बिजय श्रेष्ठको सक्रियता र कालिपुल युनाईटेट क्लवका सदस्यको उपस्थितिमा सरसफाई गरिएको हो ।

बर्षा याम सुरु भए संगै झाडी बड्दै गएको , अस्पताल परिसरमा बढी झारपाट भएको र हीलोले हिड्न अप्ठ्यारो भएकाले सरसफाई गरेको वडा सदस्य पुनले बताए । उक्त सरसफाई कार्यक्रममा वडाका अन्य बमासिन्दा र कालिपुल युनाईटेडका सदस्यले करिब २ घण्टा लगाएर सरसफाई गरेका थिए ।