विपन्न परिवारकी पारमायाँको उपचारमा श्रीप्रसादले जुटाए अमेरिकाबाट २ लाख बढी सहयोग

  • ३ भाद्र २०७४, शनिबार
  • 5265 पटक पढिएको

म्याग्दी, ३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका– ६ पाखापानीकी आन्द्राको क्यान्सरबाट पिडित पारमायाँ पाईजाको उपचारमा अमेरिकामा रहेका पाखापानीका श्रीप्रसाद पाईजाले रु २ लाख २८ बढी सहयोग जुटाउनुभएको छ । अमेरिकाको हर्सीमा खाना इन्डीयन विष्ट्रो रेष्टुरेन्ट सञ्चालन गर्नुभएका पाखापानी औलका पाईजाको पहलमा उपचारमा आर्थिक अभाब झेलेकी पारमायाँको उपचारमा रु २ लाख २८ हजार ४५ सहयोग जुटाईएको हो । पाईजाको पहलमा त्यहाँ रहेका म्याग्देली तथा नेपालीहरुबाट संकलन भएको सो सहयोग रकम उहाँका बुबा गोरे पाईजा मार्फत पिडित पारमायाँलाई अस्पतालमै हस्तान्तरण गरिएको छ ।

उपचारमा आर्थिक अभाब भएपछि जिवनरक्षाको लागि अस्पतालकै शैयाबाट सहयोगको याचना गरेको समाचार म्याग्दी अनलाईन लगायतका सञ्चार माध्ययमा प्रकाशित भएपछि  आफुले अमेरिकामा रहेका सहयोगदाताबाट सहयोग संकलन गरेको अभियानकर्ता श्रीप्रसाद पाईजाले बताउनुभयो । उहाँले आन्द्राको क्यान्सरबाट पिडित भई भक्तपुर स्थित क्यान्सर अस्पतालमा उपचाररत पाईजाको उपचारमा आर्थिक सहयोग गर्ने अमेरिकाको बाल्टीमोर, न्युर्योकका सम्पूर्ण म्याग्देलि र नेपाली तथा हर्सीबासी सहयोगदाताहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको छ ।

आन्द्राको क्यान्सरबाट पिडित भई भक्तपुर स्थित क्यान्सर अस्पतालमा उपचाररत पाईजाले आफ्नो उपचार खर्च जुटाउन घरपरिवारलाई कठिनाई आईपरेपछि सहयोगको याचना गरेकी थिईन् । बिगत एक महिनादेखि अस्पतालमा भर्ना भई उपचाररत पाईजाको आन्द्रामा घाउ भएर क्यान्सर भएको पुष्टि भएपनि आर्थिक अभाबले उपचार प्रभावित भईरहेको अबस्थामा अमेरिकाबाट प्राप्त सहयोगले ठुलो राहत मिलेको भन्दै सहयोग दाताहरुलाई पिडित पारमायाँका पति श्रीमान पाईजाले धन्यबाद ज्ञापन गर्नुभएको छ ।

खाना खाएपछि बान्ता हुने समस्या बढेपछि विभिन्न अस्पताल हुदै पारमायाँलाई गत असारमा मात्रै भक्तपुर क्यान्सर अस्पतालमा पु¥याईएको थियो । दुई बर्षदेखि सो समस्याबाट पिडित भएपनि पोखराका विभिन्न अस्पतालहरुमा उपचार गर्दा अहिलेसम्म झण्डै साढे ५ लाख सकिइसकेको घरपरीवारको भनाई छ । कृषि पेसाबाट जिविकोपार्जन गर्दै आएका पाईजा परिवारले अहिलेसम्म कतिपय खर्च ऋण र सापट समेत गरेर जुटाएका छन् । आन्द्रामा भएको क्यान्सरको अप्रेशन मार्फत उपचार गर्नुपर्ने भएकाले थप लाखौँ खर्च लाग्ने भएपछि उनीहरुले सबैक्षेत्रबाट सहयोगको याचना गरेका छन् ।
सहयोगदाताको नामावली