पहिरोले थुनिएको मराङखोला बग्न थाल्यो

  • ३ भाद्र २०७४, शनिबार
  • 2159 पटक पढिएको

 

म्याग्दी ३ भदौ । पहिरोले थुनिएको म्याग्दीको धौलागिरी गाउँपालीका ६ मा रहेको मराङ खोला बग्न थालेको छ । मराङको कोट बान्चन भन्ने ठाउँमा शनिबार बिहान ८ बजे खसेको पहिरोले थुनिएको खोला दिउँसो बाह् बजेदेखि खुलेको हो । पहिरोले थुनिएको तलाउ भरिएर आफै बग्न थालेको वडा अध्यक्ष अध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो ।

पहिरो खस्ने क्रम भने रोकीएको छैन् । तलाउ बिस्तारै खुलेकाले तटीय क्षेत्रका बासिन्दालाई त्रसीत नहुन वडा अध्यक्ष सुवेदीले आग्रह गर्नुभयो । म्याग्दीका प्रजिअ कृष्णप्रसाद अधिकारीले तत्काललाई खतरा टरेपनी सर्तकता अपनाइएको बताउनुभयो ।पहिरोबाट प्रभावीत हाङवाङ गाउँका दश घरलाई सुरक्षित ठाउँमा राखिएको छ । घटनास्थलमा धौलागिरी गाउँपालीकाका अध्यक्ष थमसरा पुन र ईलाका प्रहरी कार्यालय दरवाङबाट प्रहरीको टोली पुगेको छ । मराङखोला मालीका गाउँपालीका ७ बिमको शिवरात्रीमा म्याग्दी खोलामा मिसीन्छ ।

साउन तेस्रो साता पनी सो ठाउँमा पहिरो खसेर एक घण्टा सम्म थुनिएको मराङखोला तलाउ भरिएर आफै खुलेको थियो । खोला थुनिएपछि आएको बाढीले ३० किलोवाट क्षमत्ताको मराङखोला लघुजलविद्युत परियोजनाको नहर र मराङ बेशीमा खेत कटान गरेको थियो । सो पहिरोका कारण धौलागिरी गाउँपालीका ५ मल्कवाङ र रघुगंगा गाउँपालीका ८ कुईने गाउँ जाने पैदलमार्ग अवरुद्ध बनेको छ ।