पत्रकारलाई चुनावले छोप्यो, यस्तो छ निर्वाचन कार्यतालिका

  • ३ भाद्र २०७४, शनिबार
  • 1967 पटक पढिएको

३ भदौ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको भदौ ४ देखि ६ गतेसम्म हुने महाधिवेशनको निर्वाचन कार्यतालिका शनिबार सार्वजनिक भएको छ । प्राध्यापक चिरञ्जीवी पौडेल संयोजकत्वको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन कार्यतालिका अनुसार, भदौ ३ गते बिहान १० बजे मतदाताको नामावली प्रकाशन गरिएको छ । मतदाता नामावलीउपर दाबी विरोध आजै १२ बजेसम्म गर्न सकिनेछ भने मतदाताको अन्तिम नामावली प्रकाशन शनिबार ४ बजे गर्ने निर्वाचन समितिको तयारी छ ।

पत्रकार महासंघको नयाँ नेतृत्वका लागि उम्मेदवार बन्न चाहनेहरुले उम्मेदवारी दर्ता भदौ ४ गते दिउँसो १२ बजेदेखि अपराह्न ३ बजेसम्म गर्न सक्ने जानकारी निर्वाचन समितिले दिएको छ । निर्वाचन समितिका अनुसार उम्मेदवारको अन्तिम नामावली भदौ ४ गते पौने ४ बजे प्रकाशित हुनेछ ।उम्मेदवार उपरको दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिन चाहनेका लागि समेत समय दिइएको छ । निर्वाचन समितिले भदौ ४ गते अपराह्न ३ः४५ देखि १ घन्टाको समय दाबी विरोध तथा उम्मेदवारी फिर्ताका लागि दिएको छ ।निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको अन्तिम नामावली भदौ ४ गते बेलुका ५ बजे प्रकाशित हुनेछ । mमहासंघको नयाँ नेतृत्वका लागि भदौ ५ गते मतदान हुनेछ । मतदान समय बिहान ९ बजेदेखि ३ बजेसम्मका लागि तोकिएको छ । मतगणना मतदान सकिएलगत्तै गर्ने कार्यतालिकामा उल्लेख छ ।नेपाल पत्रकार महासंघको महाधिवेशनमा यसपटक कांग्रेसनिकट प्रेस युनियन र माओवादी केन्द्रनिकट प्रेस सेन्टरबीच तालमेल भएको छ । यो गठबन्धनबाट सभापतिमा गोविन्द आचार्य खडा भएका छन् भने एमालेनिकट प्रेस चौतारीले तीर्थ कोइरालालाई अघि सारेको छ ।

प्रेस चौतारीलाई नयाँ शक्तिलगायत साना संगठनको समर्थन रहेको छ । चौतारीबाट उपाध्यक्ष पदमा अनलाइनखबरकर्मी मात्रिका पौडेलको समेत उम्मेदवारी परेको छ ।

source: onlinekhaber