मुनालाई साक्षर वडा घोषणा

  • ३ भाद्र २०७४, शनिबार
  • 2153 पटक पढिएको

म्याग्दी, ३ भदौ । धौलागिरी गाउँपालीका ३ मुनालाई साक्षर वडा घोषणा गरिएको छ । वडामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका नागरीकले अंक अक्षर लेखपढ गर्न सक्ने भएपछि साक्षर घोषणा गरिएको गाउँ शिक्षा समितिले जनाएको छ ।

धौलागिरी गाउँपालीकाका उपाध्यक्ष रेशम छन्त्यालको प्रमुख आतिथ्यता, हेम मावि शिवाङका स्रोत व्यक्ति गिरीप्रसाद छन्त्याल, वडा अध्यक्ष पुर्म पुनको बिशिष्ट आतिथ्यतामा घोषणा गरिएको थियो । धनजनता माविको व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर भण्डारीको अध्यक्षता, शिक्षक दुर्गाबहादुर खड्काको सञ्चालन र प्रअ पुस्कर भण्डारीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा वडा सचिव गिरीराज शर्मा, स्थानीय अगुवा देवेन्द्र रोकाले पनी मन्तब्य व्यक्त गर्नुभएको थियो ।
धौलागिरी गाउँपालीकाको ६ नम्बर वडा मराङ, ४ नम्बर वडा मुदी र २ नम्बर वडा लुलाङलाई यसअघिनै साक्षर घोषणा गरिएको छ । १ नम्बर वडा गुर्जा, ५ नम्बर मल्कवाङ र ७ नम्बर वडा ताकमलाई असोजभित्र र गाउँपालीकालाई मंसिरमा साक्षर घोषणा गर्ने योजना रहेको स्रोत व्यक्ति छन्त्यालले बताउनुभयो ।