कुईनेमंगलेको दुवाडीमा खेलकुद प्रतियोगिता सम्पन्न

  • ३ भाद्र २०७४, शनिबार
  • 2035 पटक पढिएको

म्याग्दी, ३ भदौ । रघुगंगा गाउँपालीका ८ कुईनेमंगलको दुवाडीमा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । कालीबराह युवा कल्व र देउराली आमा समूहको आयोजनामा पुरुष महिला भलिबल, बास्केटबल र तारोखेल प्रतियोगिता सम्पन्न भएको हो ।

पुरुष भलिबल प्रतियोगितामा आयोजक कल्वको ए समूह प्रथम र कुईनेखानी दितृय हुँदै नगद तिस हजार र अठार हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

बास्केटबल प्रतियोगितामा मण्डली युवा कल्व चिमखोला प्रथम र आयोजक कल्वको ए समुह दितृय हुदै अठार हजार र आठ हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् । महिला भलिबल प्रतियोगितामा आयोजक ए र बि समूह प्रथम र दितृय हुदै नगद १२ हजार र आठ हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् ।

तारोखेल प्रतियोगितामा नामीला ए प्रथम, बि दितृय र पात्लेखर्क तितृय हुदै दश हजार, छ हजार पाँच सय र तिन हजार पाँच सय रुपैया पुरस्कार प्राप्त गरेका छन् । कल्वका अध्यक्ष मिनबहादुर छन्त्याल, मेला संयोजक प्रकाश छन्त्याल र सचिव अमर छन्त्यालले बिजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

आठ दिनसम्म सञ्चालन भएको मेलामा दुई लाख पचास हजार रुपैया आम्दानी र एक लाख पचास हजार रुपैया खर्च भएको कल्वले जनाएको छ ।