रात हराएकी श्रीमती

  • २ भाद्र २०७४, शुक्रबार
  • 7994 पटक पढिएको

यो तेस्रो पटक थियो मेरि श्रीमती,
अरु कसैको अङ्गगालोमा च्यापिएको,
उस्को स्तनमा गाडिएको दुधे छोराको मुख,
च्यादरले छोपेर मेरा रातहरु,
छाड्दै अरु कसैका रात तर्फ भागेको ।

बेहद माया गर्थे उस्लाई,
उस्को सिउदो मा छरिएको सिंदुरे रङको धुलो,
उस्को घाटिमा झुन्डाइएको पोते,
जहाँ शिसाका साना दाना भन्दा,
जहानका सुन्दर सपनाका धागाहरुले,
उनिदिएको थिए ।।

जब उस्ले हामी तीन जना,
सुतिरहेको खाट बाट आफ्नो,
ठाउँ खाली गरेर जान्छे दुनियाँमा,
त्यो खाट को रित्तो चोक्टा,
जतिको सुन्य ठाउँ अरु कतै छैन,
उ जाँदै गर्दा पैतालाहरुले,
चिप्ला मार्बल माथी,
छोडेका फुस्रा छापहरु पन्छाउद,ै
जानेहो भने म कहाँ पुग्दो हु ।

उता उस्का पैतालाले कोरेका,
छापहरु तेति स्पस्ट छैनन्,
तर
यति पस्ट छन यी छाप,
जहाँ उस्को यौवनको जोरो मेरो मायाका,े
निमपत्ता ले निको नहुने कुरा
उस्को उत्तेजनाको पोको मेरो,
प्रेरणा को सियोमा कोपिएर
कहिल्यै छताछुल्ल नहुने कुरा,
कहिले काहीँ मेरो सामु स्वैच्छिक
नाङ्गिदा उस्को जुठो शरीर बाट,
कुनै दोस्रो पुरुष्को गनाउने
सास मात्र फेर्छन उस्को स्तनहरु,
कहिले कहि लठिएर मेरो ओठमा
गाबिन आउने उस्को ओठ,
सबैको जुठो मिसिएकी
जुठेल्लो झै गनाउछन,
जब जोडिएका पदा भित्र उ सार
नियम तोडेर जान्छे,
म सङ तोड्न्लाइ प्राणमात्र बाकी रहन्छ,
यो सब मतत्काल बिर्सन्छु जब भर्खरै प्राण
पसेको अर्को प्राण ममि भन्दै रुन थाल्छ ।।

ममि खोइ भन्दै रुने त्यो जस्ता
निर्दोस प्रश्नको उत्तर लेख्न,
महाभारत लेख्दा वेदब्यास पनि चुके,
थाहा छैन खोइ कसरी यो
आईमाई पछि दुनिया कै महानपात्र,
आमा भनेर आफुलाइ परिभाषित गर्छे,
सम्बन्ध जुन च्वाट्टै छिन्न नसकेर
नसा मात्र बाकी रहेको औला जस्तै छ,
न चुडालेर फाल्न सकिन्छ,
न पहिला झै जोड्न सकिन्छ,
न त सकिन्छ नै त्यो झुन्डुयको औला,
सबै भुलेर पिङखेलि रहन,
यो होइन कि सन्तुष्टिका नाङ्गा आवाजहरुले,
उस्का उन्मात रहरहरु,
पूरा गरिन प्यास त
उस्का सबै पूरा थिए,
अपुरो यदि केही थियो त
उस्को मह्तोकाङ्छी जिब्रो थियो,
जुन स्वादको फरक खोजीमा कतै भौतरी रह्यो ।।

आखिर कुन कपासको कमि थिए,
मेरा बिछ्याउनाहरुमा,
जस्को खोजिमा उ ककस्को
बिछ्याउना बनिन,
आखिर कुन न्यानो थिएन,
उस्ले छोडेको त्यो पलङको चोक्टामा
जस्को अभावमा उ यसरी ठाउँठाँउमा थोपा थोपा पग्लिरहेछ ।

अन्ततः उ यो शहर कि एउटि
सभ्य बेश्या,
जस्लाइ भोग्न कुनै मुल्य चुकाउनु पर्दैन,
यदि अन्तै उस्ले लगाएका पर्दा कतै हटे भने,
कतै उस्को निर्बस्त्र नियत कसैले भेटे भन,े
पतन म हुनेछु,
अनि मेरो पुरुषत्व ।।

कानुन देखि समाज सम्म,
चोकदेखि हाइवय सम्म,
दोषी उ हुनेछे,
दण्डित म हुने छु
किनकी म पुरुष हु,
जस्को आसु इतिहास ले पनि नकारेको छ,
हो म दण्डित हुनेछु,
किन कि म दर्द नहुने मर्द हु,
किनकी शास्त्र देखि शस्त्र सम्म निर्माण गर्दा
मैले आफ्नै लागि कोठा छुट्टाउन
भुलेको छु ।

यी सबै आत्मगलानीहरु,
आज नसमालेको खण्डमा,
भोलि एउटि स्वास्नी समल्न नसक्ने नामर्द हुनेछु,
म नामर्द छु भने पनि बदनाम हुनेछु,
म छैन भने पनि बद्नाम हुनेछु,
किनकी उ रुस्ठ हुनु,
या त उ सन्तुष्ट,
मेरै कारण मानिने छ,
उ स्वाद बदल्न अछ्यान बदले,
या भोक मात्रै पूरा गर्न ओछ्यान बदले पनि,
श्रीमती समाल्न नसक्ने,
फलानो म हुनेछु,
किनकी
म पुरुष हुनेछु,
उ आफ्नै कम्जोरिले कटाउने रातहरु बदले पनि,
उ मेरै कम्जोरिले सुम्सुमाउने हातहरु बदले पनि,
कमजोर मै देखिने छु,
किनकी यो समाजका फ्रेमहरुमा यस्तै भ्रमहरु
सजिएक छन मानिसका बिश्वासहरुमा,
यस्तै अन्धबिश्वास रचिएको ।
सागर खत्री
रघुगंगा गाउँपालिका–२ भगवती