बेनीका युवा ब्यवसायी खत्रीबाट तराईका बाढीपिडितलाई सहयोग

  • १ भाद्र २०७४, बिहीबार
  • धिरन खत्री
  • 2677 पटक पढिएको

म्याग्दी, १ भदौँ । म्याग्दीको सदरमुकाम बेनीमा ब्यवसायी गर्दै आएका ईश्वर खत्रीर्ले तराईका बाढी पीडितलाई १० हजार बराबरको सहयोग गरेका छन् । हालै निरन्तर बर्षाका कारण आएको बाढीले घरबार ढुवानमा परेका गौर नगरपालिका वडा न ७ रौतहटका बाढीपिडिलाई खत्रीले सहयोग गरेका हुन् ।


हाल बेनीबजारमा मजदुरी गर्दै बसेका बाढी पिडितलाई रारा हार्डवयर तथा कन्स्ट्रक्सनका प्रोपाईटर ईश्वरी खत्रीले नगद ३ हजार सहित चार थान पाल पिडितलाई सहयोग गरेका हुन् । आर्थिक अवस्था कमजोर भएर सदरमुकाम बेनीमा मजदुरी गर्दै आएका रौतहटका बाढीपिडितले बाढीको कारण घर ढुवानमा पर्दा परिवारको विचल्ली भएको समस्या सुनाएपछि नगद सहित चारथान पाल सहयोग गरेको युवा ब्यवसायी खत्रीले बताए । खत्रीले उपलब्ध गराएको राहत लिएर बाढीपिडित घरप्रस्थान गरेका छन् ।
देशमा परेको विपतको बेला सहयोग गर्नु आफ्नोे सामाजिक उत्तरदायित्व भएको युवा ब्यवसायी खत्रीले बताउनुभएको छ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l