दुर्घटनाका कारण बालाजु क्षेत्र तनावग्रस्त

  • १६ फाल्गुन २०७३, सोमबार
  • 1883 पटक पढिएको

काठमाडौं, १६ फागुन । काठमाडौंको बालाजु माछापाेखरीमा बसले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको विरोधमा स्थानीयले प्रदर्शन गरेका छन् ।

स्थानीयको प्रदर्शनका कारण त्यस क्षेत्रको यातायात प्रभावित भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

आज विहान ना ३ ख ६२१६ नम्बरको बसले बा ७२ प ६६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका तार्केश्वरका ३५ वर्षीया गंगा फुयाँलको मृत्यु भएको छ भने मोटरसाइकल चालक ३८ वर्षीय राजकुमार फुयाँल गम्भीर घाइते भएका छन् । उनको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।4555