राखु समाज कल्याण समिति काठमाण्डौद्धारा उच्च तहमा पुगेकाहरुलाई सम्मान (फोटो फिचर)

  • २८ श्रावण २०७४, शनिबार
  • 3759 पटक पढिएको

म्याग्दी, २८ साउन । काठमाण्डौमा बसोबास गर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती र ३ पिप्लेका बासिन्दाहरुको संस्था राखु समाज कल्याण समिति काठमाण्डौ ले शनिवार तिज बिशेष कार्यक्रम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सो अबसरमा हालै सर्वोच्च अदालतको मुख्य रजिष्टार पदमा नियुक्त हुनुभएका रघुगंगा गाउँपालिका–२ निवासी नहकुल सुवेदीलाई सम्मान गरिएको थियो ।

त्यस्तै हालै सम्पन्न स्थानीय तह निर्वाचनमा राखुक्षेत्रबाट निर्वाचित जनप्रतिधिहरुलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा रघुगंगा गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारी ,वडा नम्बर २ का अध्यक्ष रिम कटुवाल, वडा नम्बर ३ का अध्यक्ष जीवन कुमार मल्ललाई सम्मान गरिएको थियो ।


सो अबसरमा जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा निर्वाचित हुनुभएका देवेन्द्रबहादुर केसीलाई समेत सम्मान गर्ने कार्यक्रम तय गरिएपनि उहाँ कार्यव्यस्तताको कारण उपस्थित हुन नसकेको आयोजकले जनाएको छ । कार्यक्रममा क्या. अरुण मल्ल र पाँचौ पृथ्वी लोकदोहोरी अवार्ड बिजेता शोभा कार्कीलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मानीत व्यक्तिहरुलाई फुल माला र अबिर लगाउँदै सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रम समाजका अध्यक्ष प्रेम मल्लको अध्यक्षता, संरक्षक इन्द्रीरा मल्लको प्रमुख आतित्यथा र महासचिब राजेन्द्रकुमार मल्लको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा सम्मान ग्रहण पश्चात मुख्य रजिष्टार नहकुल सुवेदी, गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, वडा नम्बर २ का अध्यक्ष रिम कटुवाल र ३ का अध्यक्ष जिबन मल्लले आफुहरुलाई सम्मान गरेकोमा आयोजकलाई धन्यबाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा रचनात्मक कार्य गर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अतिथिहरुलाई समाजका अध्यक्ष प्रेम मल्ल, सहसचिब निरोज कार्की, सदस्य प्रबिन मल्ल र शान्ति मल्ल लगायतले पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो ।

तस्बिर निरोज कार्की ।