न्यू संगम टे«र्डस् रिखार कपःशान्ति कोष र पत्रकार महासंघ बीच मैत्रीपूर्ण खेल हुने

  • २५ श्रावण २०७४, बुधबार
  • 2609 पटक पढिएको

म्याग्दी, २५ साउन । न्यू संगम टे«र्डस् रिखार कपको उदघाटन सत्रमा परोपकारी संस्था ओमकुमारी शान्ति कोष बेनी र पत्रकार महासंघ म्याग्दी शाखा बीच मैत्रीपूर्ण भलिबल खेल हुने भएको छ । बेनीबाट प्रकाशन भइरहेको रिखार राष्ट्रिय दैनिक पत्रिकाको पहिलो बार्षिकोत्सबको अवसरमा भदौ १ देखि ४ गतेसम्म बेनीमा आयोजना हुने जिल्लाव्यापी वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा दुई संस्था बीच मैत्रीपूर्ण खेल हुने कार्यक्रम तय भएको पत्रिकाका सम्पादक गोपाल छन्त्यालले जानकारी दिए ।

‘प्रतियोगिताको थप प्रचारप्रसारका लागि यो मैत्रीपूर्ण खेलले थप सहयोग पुग्नेछ । सचारकर्मी र परोपकारीताको क्षेत्रमा लाग्नुभएका अग्रजहरुको खेल रोमाञ्चक हुनेछ’, सम्पादक छन्त्यालले भने । मैत्रीपूर्ण खेलका लागि ओमकुमारी र पत्रकार महासंघले तयारी सुरु गरिसकेका छन् । न्यू सँगम टे«र्डसको मूख्य प्रायोजन रहेको प्रतियोगिताको आन्तरिक तथा बाह्य तयारी तीब्र बनाईएको छ ।

प्रतियोगितामा पुरुष तर्फ ४० टिम र महिलातर्फ ८ टिमले सहभागिता जनाउने अनुमान गरिएको छ । प्रतियोगितामा पुरुषतर्फ विजेताले ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३० हजार रुपैइाँ पाउनेछन् भने महिलातर्फ विजेताले २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको महिला भलिबल प्रथम पुरस्कार धर्मनारायण इन्टरप्राइजेज एण्ड सुविन भाडाँ पसल र उपविजेताको पुरस्कार म्याग्दी बस तथा जिप सञ्चालक समिति र डेल्टा इञ्जिनियरिङ बेनीले प्रायोजन गरेका छन् ।