पहिरोका कारण छ घर विस्थापित

  • २५ श्रावण २०७४, बुधबार
  • 6504 पटक पढिएको

म्याग्दी २५ साउन । बस्ती माथिबाट खसेको पहिरोका कारण म्याग्दीको मंगला गाउँपालीका ५ किमचौरमा छ परिवार विस्थापित भएका छन् । किमचौर गाउँको शिरानमा रहेको गौथलीको भिरबाट खसेको पहिरोको जोखिमका कारण विस्थापित भएका हुन् ।

चन्द्र्रप्रसाद फगामी, बिमल बुढाथोकी, टिकप्रसाद बुढाथोकी, दुतप्रसाद बुढाथोकी, रामबहादुर फगामी र भिमबहादुर फगामीका परिवार विस्थापित भएका स्थानीय युवा बिकास फगामीले जानकारी दिनुभयो ।

उनिहरुले घरका सामान नजिकैको सुरक्षित ठाउँमा सारेर आफन्त कहाँ आश्रय लिएर बसेका छन् । मंगलबार बिहानदेखि निरन्तर खसीरहेको पहिरो किमचौरको उपल्लो खण्डमा रहेको खोँच भरिएर बस्तीतर्फ रेलो आउन थालेको छ । पहिरोले स्थानीयको बारीमा पनी क्षत्ती पु¥याएको फगामीले बताउनुभयो ।