धौलागिरीको केन्द्र बिवाद समाधानका लागि भएको सहमतीको प्रयास बिफल

उपयुक्त स्थान पहिचानका लागि विज्ञको सहयोग लिने निर्णय

  • २४ श्रावण २०७४, मंगलवार
  • 3829 पटक पढिएको

बेनी २४ साउन । म्याग्दीको धौलागिरी गाउँपालीकाको स्थाई केन्द्र कायम गर्न विज्ञको सहयोग लिइने भएको छ । केन्द्र बिवाद टुङ्ग्याउन दुई दिनसम्म मुनामा भएको गाउँसभा बैठकमा सहमती जुट्न नसकेपछि उपयुक्त स्थान पहिचानका लागि भुवर्भबिद्को सहयोग लिने निर्णय भएको हो । आगामी असोजभित्र भुगर्भबिद्लाई ल्याएर सात वटै बडाको बिच भागमा पर्ने सुरक्षित ठाउँको अध्ययन गरि उनिहरुले दिने प्रतिवेदन अनुसार बहुमतको जुटाएर स्थाई केन्द्र कायम गर्ने निर्णय भएको वडा न. ६ का अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो ।

प्रत्येक वडाबाट जनप्रतिनिधि सहित दश जना सहभागी छलफल मार्फत मंगलबार अपराहन्न सम्म सहमती जुट्न नसकेपछि जनप्रतिनिधिहरुको बैठकमा अहिलेनै बहुमतको आधारमा टुङ्ग्याउने अथवा विज्ञको राय लिने भन्ने विषयमा छलफल भएको थियो । गाउँसभा बैठकले विज्ञको राय लिने पक्षमा निर्णय गरेको हो । हाल अस्थाई केन्द्र रहेको वडा न. ३ मुना र वडा न. ७ ताकम मध्य कहाँ केन्द्र राख्ने भन्ने विषयमा राज्य पुनसंरचनासंगै बिवाद उत्पन्न भएको थियो । छलफलमा सहभागी मुनाका प्रतिनिधिले सात वटै वडाको बिचमा पर्ने, आयोगले अस्थाई केन्द्र सिफारीस गरेको र पिछडीएको बस्तीको विकासका लागि मुना केन्द्र कायम गर्नुपर्ने आधार प्रस्तुत गरेका थिए ।

ताकमका प्रतिनिधिले पर्याप्त पूर्वाधार, सबैलाई पायक पर्ने र राज्य पुनसंरचनाका ५ मध्य ४ वटा आधार मिल्ने भएकाले ताकममा केन्द्र बताउनुपर्ने बताएका थिए । लुलाङका प्रतिनिधिले मुना तथा मल्कवाङका प्रतिनिधिल ताकम केन्द्र हुनुपर्ने पक्षमा स्पष्ट खुलेका थिए ।
गुर्जा, मुदी र मराङका प्रतिनिधिले सहमतीमा जहाँ केन्द्र राखेपनी आफूहरुलाई मान्य हुने भन्दै सहमतीका लागि दवाव दिएका थिए । ताकम र मुनाका प्रतिनिधि एक अर्को ठाउँमा सहमत हुन नसकेपछि बिचमा पर्ने शिवाङ, मच्छिम, सोलवाङको विकल्पमा छलफल भएपनी सहमती जुट्न नसकेको हो ।

गाउँपालीका अध्यक्ष थमसरा पुनले आगामी दिनमा बिवाद हुने, सबैले जितेको महशुस गर्ने र सबै वडाबासीलाई सेवा सुबिधा प्राप्त गर्न सहज हुने गरी स्थायी केन्द्र कायम गर्न विज्ञको राय लिने निर्णय भएको बताउनुभयो । केन्द्रको बिवाद भएको स्थानीय तहमा निर्वाचन भएको ६ महिनाभित्र गाउँसभाले स्थाई केन्द्र तोक्न सक्ने व्यवस्था छ । राज्य पुनसंरचनाको क्रममा जिल्ला स्तरीय समितिले धौलागिरीको केन्द्र ताकममुना मध्य कुनै एक ठाउँ कायम गर्न सिफारीस गरेको थियो । पुनसंरचना आयोगले मुनामा अस्थाई केन्द्र कायम गरेको थियो ।