यार्तुङ महोत्सवक सकियो, सेभेन एसाईडतर्फ नरसिंह र घोडादौडमा नाम्गेल च्याम्पियन

बिवाद चुलिदा थकाली माथि निर्घात कुटपिट ,तारा खेल रद्ध

  • २४ श्रावण २०७४, मंगलवार
  • सुन्दर कुमार थकाली
  • 2711 पटक पढिएको

मुस्ताङ । धार्मिक तथा पर्यटकिय स्थल मूक्तिनाथको रानीपौवामा शुक्रवार देखि भएको यार्तूङ महोत्सव सोमवार सकिएको छ। सो अवसरमा संञ्चालन भएको प्रतियोगिताको सेभेन एसाईड फुटबलतर्फ नरसिंह यूवाक्लव छुसाङ र घोडा दौडतर्फ नाम्गेल गुरुङ च्याम्पियन भएका छन् । जनप्रिय यूवाक्लवको आयोजनामा भएको प्रतियोगिताको फाईनलमा नरसिंह यूवाक्लव छुसाङले जनमूक्ति यूवाक्लव ठिनीलाई टाईब्रेकरमा पराजित गर्दे उपाधि चुमेको हो ।फाईनलमा पराजित बनेको जनमूक्ति यूवाक्लव ठिनी उपबिजेतामा सिमित भएको छ ।यसअघि भएको सेमिफाईनल खेलतर्फ नरसिंह यूवाक्लव भर्सेस थ्रोङपास यूवाक्लव र एयरपोर्ट यूनाईटेड भर्सेस जनमूक्ति यूवाक्लव आमने सामने भएका थिए ।

जिल्लाका कुल १५ यूवाक्लव सम्मिलित प्रतियोगिताको खेलहरु शुक्रवारबाट सुरु भएको हो । महोत्सवको ऐतिहाँसिक घोडा दौड प्रतियोगितामा छेङ्गुरका नाम्गेल गुरुङको मुग्ली घोडा च्याम्पियन भएको छ ।प्रतियोगितामा शैनिक शिखर उच्चशिक्षालयका राजकुमार अधिकारीको रोहित घोडा र बाह्गाउँ मूक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङको लुङ्ता घोडा क्रमशःद्धितिय र तृतिय भएका छन् ।खिङ्गा देखि रानीपौवा बजारको करिव ५ किलोमिटर क्षेत्रमा भएको घोडा दौडमा नाम्गेलले अधिकार र गुरुङलाई पराजित गरेका हुँन्। प्रतियोगिताको सेभेन एसाईड फुटबलतर्फ च्याम्पियन बनेको नरसिंह यूवाक्लव छुसाङले नगद ४० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र जितेको छ ।

त्यस्तै उपबिजेता जनमूक्ति यूवाक्लव ठिनीले नगद २० हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र जितेको छ ।परम्परागत घोडा दौडमा च्याम्पियन बनेका नाम्गेल गुरुङले नगद ५० सहित मेडल र प्रमाणपत्र,द्धितिय भएको शैनिक उच्चशिखर शिक्षालयका राजकुमार अधिकारीले नगद ३० हजार सहित मेडल र प्रमाणपत्र र तृतिय भएको बाह्गाउँ मूक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले नगद १५ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताका पूरस्कृत प्रतियोगिहरुलाई सोमवार एक समारोहका बीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशर बहादुर बिष्ट र क्लवका अध्यक्ष सुरज गुरुङले संयूक्त रुपमा नगद पुरस्कार र प्रमाणपत्र हस्तान्तर गरेका थिए । प्रमूख अतिथि राखेपका केन्द्रिय सदस्य सचिब केशर बहादुर बिष्टले खेलकुदको बिकासले मात्र राष्ट्रको दिगो बिकास सम्भव हुँने बताए ।उनले जब सम्म खेलकुद बिकास हुँदैन तब सम्म राष्ट्र समृद्ध नहुँने उल्लेख गर्दे यसको प्रर्वधनमा लाग्न आग्रह गरे ।उनले मुस्ताङको मूक्तिनाथ यातुङ मेलाको घोडा दौड प्रतियोगिताका लागि राखेपले वर्षेनी ३ लाख उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

‘पर्वमा संञ्चालन गरिने खेलको जर्गेना गर्नु राखेपको दायित्व हो,मुस्ताङलाई खेलकुद पर्यटनको रुपमा बिकास गर्न जरुरी छ’बिष्टले भने‘जग्गा जगेडा गर्नुहोस हामी धनुषबाणको प्रशिक्षण हल बनाईदिन्छौं,यसमा ठोस उद्धेश्य बोकेर आउनुहोस ।’सो अवसरमा कर्म गुरुङ ,जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भुपेन्द्र शेरचन र क्लवका अध्यक्ष सुरज गुरुङ लगायतकाले जिल्लाको खेलकुद गतिबिधि र चुनौतिबारे बोेलेका थिए । सुरज गुरुङको अध्यक्षतामा भएको पुरस्कार कार्यक्रममा स्वागत कर्म गुरुङले गरेका थिए भने संञ्चालन ज्वालामुखी आधारभूत बिद्यालयका प्र.अ. लोक बहादुर कार्कीले गरेका थिए ।

यसअघि प्रतियोगिताको तारा खेल खेलाडी बीच झडप हुँदा रद्ध भएको छ ।निलगिरी यूवाक्लवका खेलाडी सुदिप थकालीलाई अन्य क्लवका खेलाडिले एकतर्फी निर्घात कुटपिट गरेपछि तारा प्रतियोगिता प्रभावित भएको हो ।थकालीलाई ठूलो दस्ताले एकतर्फी सांङ्घातिक हमला गरेपनि ईलाका प्रहरी कार्यालय मूक्तिनाथ चौकी मूकदर्शक भएको स्थानीय र दर्शकको भनाई छ ।कुटपिटमा पिडित थकालीलाई संरक्षण दिन नसकेकोमा प्रहरीको चर्को आलोचना भएको थियो ।उनीहरुले प्रहरीले महोत्सवका बेला शान्ति सुरक्षा प्रदान गर्न नसकेको ठम्याई छ ।सुरुआतमा सामान्य बिषयले उग्ररुप लिएपछि बिवाद चुलिएको हो । परिस्थितीले थप हिंसा उत्पन्न हुँनसक्ने भएपछि प्रतियोगिता आयोजक जनप्रिय यूवाक्लवले आईतावार सांझ यार्तूङ महोत्सव सकेको यिथो ।

सुन्दर कुमार थकाली