नृत्य प्रतियोगिता सम्पन्न

  • ४ फाल्गुन २०७३, बुधबार
  • 1549 पटक पढिएको

v0

म्याग्दी, ४ फागुन । बेनी सामुदायीक माविमा मंगलबार बेनी सामुदायीक युरेस कप अन्तर मावि लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । ७ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा बेनी आवासिय मावि प्रथम, बेनी सामुदायीक मावि दितृय, न्यु वेष्ट पोईन्ट आवासिय मावि तितृय भएका छन् । प्रथम, दितृय र तितृयलाई कप र प्रमाणपत्र सहित क्रमश नगद रु. छ हजार, चार हजार र दुई हजार रुपैया पुरस्कार प्रदान गरिएको छ ।

स्थानीय लोक भाकामा आधारीत सालैजो र कौरा गितमा नृत्य प्रस्तुत गरेका थिए । युरेसका सभापति समिर रोकामगरको अध्यक्षता, नेपाल रेडक्रस सोसाईटीका शाखा सभापति लेखबहादुर हमालको प्रमुख आतिथ्यता, युरेसका सचिव रोशन रत्न र उपाध्यक्ष रेजीना कटुवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सदस्य प्रतिमा केसीले स्वागत गर्नुभएको कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर कार्की र शिक्षक नायक रामचन्द्र पौडेलले मन्तब्य व्यक्त गर्नुभएको थियो ।