रक्तक्यान्सर पिडित सिताको उपचारमा अष्टेलियाबाट १ लाख १० हजार सहयोग

  • ४ फाल्गुन २०७३, बुधबार
  • 2005 पटक पढिएको

dv

म्याग्दी, ३ फागुन । म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्तक्यान्सरबाट पिडित सिता (कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारको लागि अष्टे«लियाबाट १ लाख १० हजार बढी सहयोग प्राप्त भएको छ । अष्ट्रेलियामा रहनुभएका भगवती–८ का खिम क्षेत्रीको नेतृत्वमा उक्त सहयोग जुटेको हो ।

सहयोग जुटाउन क्षेत्रीको परिवारबाट रु ५५ हजार र थप ५५ हजार ८ सय ८० रुपैयाँ अन्य सहयोगदाताहरुबाट जुटाएर सिता बचाउ अभियानको लागि सहयोग गर्नुभएको हो ।

पिडित क्षेत्रीको उपचारमा लाखौँ रुपैयाँ आबश्यक पर्ने भएपछि उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले आफ्नो परिवार र त्यहाँ रहेका अन्य महानुभावहरुबाट उक्त सहयोग गरिएको आर्थिक संकलन गर्न संयोजनकारी भुमिका खेल्नुभएका क्षेत्रीले बताउनुभयो ।

उहाँले उपलब्ध गराउनुभएको सहयोगले सहयोगले पिडित क्षेत्रीको उपचारमा ठुलो राहत पुगेको भन्दै अभियानका सदस्य हरि भण्डारीले सहयोगदाताहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको छ । हाल भारतका उपचार गराइरहेकी कुटुवालको उपचार अभियानमा हालसम्म ४३ लाखभन्दा धेरै आर्थिक सङ्कलन भईसकेको छ ।