कोरियामा ज्यान गुमाएका शिवको परिवारलाई जापानबाट सहयोग

  • २१ श्रावण २०७४, शनिबार
  • धिरन खत्री
  • 4332 पटक पढिएको

म्याग्दी, २१ साउन । रोजगारको शिलशिलामा दक्षिण कोरियामा ज्यान गुमाएका रघुंगगा २ राखु भगवतीका शिब कार्कीको परिवारलाई जापानबाट रहेका राखुबासीबाट सहयोग जुटेको छ । जापानमा रहेका राखु भगवतीका सागर भण्डारी नेतृत्वमा कोरियामा ज्यान गुमाएका कार्कीको परिवारलाई ९७ हजार २७९ रुपैया सहयोग प्राप्त भएको छ ।


रोजगारको शिलशिलामा जापानमा रहेका राुभगवतीबासीहरुको सक्रियतामा कोरियामा ज्यान गुमाएका शिव कार्कीको परिवारलाई जापानमा रहेका सागर भण्डारी सक्रियतामा सो रकम संकलन भएको थियो । उक्त रकम रघुगंगा गाउँपालिका २ राखु भगवतीका वडा अध्यक्ष रिमबहादुर कटुवालको नेतृत्वमा कार्कीको परिवारलाइ हस्तारन्तरण गरिएको थियो ।

रकम हस्तान्तरण गर्दै अध्यक्ष कटुवालले पढाईको शिलशिलामा जापानमा रहेर गाउँठाउँमा परेको दुःखमा सक्रियताका साथ रकम संकलन गरि पठाउनुभएकोभा धन्यबाद ब्यक्त गर्नुभएको थियो । भण्डारीको सक्रियता समाजका लागि निरन्तरता खाचो रहेको हुदाँ र भण्डारीको सक्रियतामा सहयोग गर्ने सहयोगदाताहरुलाई आभार ब्यक्त गर्नुभएको थियो । भण्डारीले यस अधि सिता बचाउँ अभियानमा दुईलाखभन्दा बढी संकलन गरि उपचारमा सहयोग गरेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l