बिमला श्रेष्ठको “के आयो जमाना” ( भिडियो सहित)

  • १७ श्रावण २०७४, मंगलवार
  • 3535 पटक पढिएको

म्याग्दी, १७ साउन । मंगला गाउँपालीका २ डडुवाकी बिमला श्रेष्ठको नयाँ तिज गित “के आयो जमाना” को म्युजीक भिडीयो सार्वजनीक भएको छ । बि स्टार म्युजीक कम्पनीले युट्युव मार्फत सार्वजनीक गरेको गित मार्फत कलाकार श्रेष्ठले आधुनिकताको नाममा छोटा कपडा लगाउनेलाई ब्यङ्ग्य गरेकी छिन् ।

शब्द संकलन समेत रहेका कमल सुसान्त केसी र श्रेष्ठको स्वर रहेको गितमा सरोज लामा, मुना बस्नेत र सविना तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् भने विक्रम चौहानले निर्देशन गरेका थिए ।

पहिलो एल्बमको सफलताले आफुलाई पुनः साँगेतिक कोसेली बजारमा ल्याउने प्रेरणा मिलेको बताउँदै गायिका श्रेष्ठले आगामी दिनमा समेत सँगेतिक कोसेलीहरु बजारमा ल्याउने तयारी गरेको बताईन् ।

मंगला २ को जानकी आधारभुत विद्यालयको शिक्षीका समेत रहेकी श्रेष्ठले गत वर्ष खुसी आसुले लैदीयो बोलको गित मार्फत सांगितीक क्षेत्रमो डेब्यु गरेकी थिईन् ।

भिडियो