जातीय विभेदको अन्त्य सयुक्त संघर्ष समावेशी र समानुपातिक प्रयासले मात्रै सम्भव

  • १६ श्रावण २०७४, सोमबार
  • पूर्ण बहादुर वि.क (पहाडी)
  • 4061 पटक पढिएको

विभेद बाट समाजमा मुक्ति कहिले हुन्छ र हामी कहिले मुक्त हुन्छौँ । यस विषयमा हामीले छलफल र अध्ययन गर्न जरुरी छ । जातीयताको आधारमा हुने विभेद बाट मुक्त हुनु भनेको हाम्रा जल्दाबल्दा समस्याहरू खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य, रोजगारका समस्याहरू सजिलो गरी समाधान हुने अवस्था होइन । सबैै समस्याहरू व्यक्तिगत प्रयत्नबाट मात्र समाधान हुने खालका छैनन् । सामूहिक प्रयत्न आवश्यक पर्ने प्रकारका छन् । सामूहिक प्रयत्न पनि भई रहेका छन् र धेरै पहिलेदेखि यी समस्याहरूका बारेमा चिन्तन, मनन र व्यवाहारिक प्रयोग समेत हुने गरेका छन् । तर तिनीहरूले सृजना गरेका समस्याहरू सरल किसिमका र सजिलै समाधान निस्कन सक्ने खालका भने छैनन् ।

ती समस्याहरूको समाधान गर्ने काम सरलबाट जटिल र निम्न स्तरबाट उच्च स्तरतिर अगाडि बढी रहेका छन् । त्यसको समाधान गर्ने प्रयत्न उच्च स्तरको सिद्धान्तको व्यावहारिक प्रयोग र सामूहिक प्रयत्नको लागि सबै सचेत बन्नु पर्छ। पहिला पहिला विभेद भएपनी गाउँमा ठुला हुने खानेको दबाबमा घटनालाई साम्य पर्ने काम हुन्थ्यो । वडा बाट गाउँका बस्ती सम्म पनि पुग्न गाह्रो पर्ने समय थियो । ठुला धनि ब्यक्ती संग सम्बन्ध बनाउन अथवा बराबरी हुन, कि त उ संग मीत लगाई साइनो जोडिएको हुनुपर्ने, कि उसको सेवा गर्नु पर्ने हुन्थ्यो ।

पछि विभिन्न राजाहरुले कामको आधारमा जातको विभाजन गरी आफूले मात्र मोजमस्ती गरेको भन्ने पनि शिलालेखमा पाइन्छ । पहिला(पहिला त जात के हो भन्नेबारेमा पनि कसैलाई थाहा नहुने र पछि सीपको आधारमा काम विभाजन गरियो । नाच्नेलाई नाच्ने काम दिइयो, जुत्ता सिलाउनेलाई छालाको काम दिइयो, सुन बनाउनेलाई सुनको काम दिइयो र फलाम बनाउनेलाई फलामको काम दिइयो । जो मन परेको छ त्यसलाई आफ्नो नजिक राखेर आफू सम्मान बनाउने मन नपरेकोलाई डाडा कटाउने चलन पछि राजाहरूले जातीयता शुरु गरेको पाइन्छ।

छालाको काम गर्नेलाई सार्की, सुन बनाउनेलाई सुनार, फलाम बनाउनेलाई लोहार । नाचगान गर्नेलाई गाइने वादीको जाति बनाइयो । यसैको विकसित रूप नै पछि गएर टाठाबाठाले जातमा विभाजन गरे । त्यो नै कालान्तरमा गएर जातमा परिणत भयो, ती जातलाई तल्लो स्तरको भने चलन बसेको इतिहासमा उल्लेख छ । १९१० को जङ्ग बहादुरको मुलुकी ऐनले गरेको ब्यवस्थाले समाजमा पानी नचल्ने,पानी चल्ने भात नचल्ने,छोइछिटो हाल्नु पर्ने, नपर्ने लगायतको जातिय बिभाजनले समाजमा कालो समाजको शुरुआत गर्यो ।

समाजमा असमानता, कुरीति जातिय भेदभाव , उच्च नीचको कारण देश बिकासमा अबरोध खडा भयो त्यो संगै समाज रहेका पीडित समुदायको बिकासमा पनि अवरोध भयो । यो साम्प्रदायिताले जन्मदै ब्राह्मण जात ठुलो र पूजनीय हुने अबैज्ञानिक परम्पराले झनै बिकासमा अवरोध र्गयो । अर्थात् प्रतिभा , सीप ,बिद्धता कलाको आधारमा नभई यहाँ जातजातिको आधारमा मूल्यांकन भएको पाइन्छ । यस्ता गलत प्रबृत्तिको प्रतिकार गर्नेहरु माथि साम्प्रादायिक भनेर ब्राह्मणबादी हरुले आरोप लगाउदै जाती च्युत गर्ने काम पनि भएको पाइन्छ । मान्छे बौद्धिक श्रम गर्न सक्ने उच्च स्तरको जीव हो । समाज विकासको सुरु अवस्थामा मान्छेको बौद्धिक उत्पादन थोरै थिए । समय बित्दै जाँदा बौद्धिक उत्पादनको मात्रा र गुणस्तर समेत थपिदै गए ।

पछि विभिन्न काल खण्डमा धर्म,कर्म राजा रजौता हुँदै जङ्ग बहादुरले समाजको बौद्धिक उत्पादनलाई प्रयोग गर्ने सिलसिलामा समाजमा कामको आधारमा जातीय हैसियत समेतको व्यवस्था गरिएको हुनाले समाबेशी र समानुपातिक रूपमा उपयोग र प्रयोग हुन पाएन । एकातिर, सम्पन्न उच्च जाती र अर्का्तिर, विपन्न अछुत जातीको व्यवस्था हुँदै गयो । त्यसले गर्दा उच्च जाती सम्पन्नता र अछुत जाती विपन्नताको परस्पर विरोधी र जातीयताको खाड्ल झन गहिरियो । समस्या पर्दा सबै जाती संग मिलेर संयुक्त रूपमा प्रकृतिका विरुद्ध सङ्घर्ष गरेर सुविधा सबैले उपभोग गर्न पाउने ठाउँमा जातीयताको आधारमा शोषण गरेर सुविधा उपभोगगर्न बन्चित गर्ने व्यवस्थाका कारणले जातीय मुक्तिमा बाधा पुराउने काम भएको छ । यो समस्या अहिले २१ औं शताब्दीमा पनि हट्न सकेको छैन भन्दा फरक नपर्ला,छुवाछूत विरुद्धको कानुन पनि बनेको छ तर कानुन कार्यान्वयनमा भने ठूलो समस्या छ ।

अहिले देशका विभिन्न भागमा जातीयताको आधारमा दिनहुँजसो घटना घटेको छन । घटना एउटा चर्चाको विषय बनेको छ, कानुन र कानुनलाई कार्यान्वयन गर्ने समाजका ठुला मै हु भन्नेले स्वार्थ पुर्ण तरिकाले प्रयोग गरेका छन । त्यसैले शोषणमा परेका जातिको आपसमा सचेत, सङ्गठित र अनुशासित भई अगाडि बढ्नुपर्ने देखिन्छ । समाजमा रहेको असमान जातिको आधारमा हुने विभेद बाट मुक्ति स्वार्थबाट प्रेरित भई सङ्गठित भएका राजनीतिक दल र विभिन्न संघसंस्थाहरुले सामूहिक प्रयत्न गर्नुपर्छ परम्परागत राज्यसत्तामा आमूल परिवर्तन गर्दै, सबैभन्दा शोषित, उत्पीडित जातीयताको आधारमा हुने विभेदलाई उखेल्न सामुहिक नेतृत्व र समावेशी बाट गठन भएको सङ्गठित प्रयत्नबाट मात्र सम्भव हुने काम हो ।

मान्छेहरूले आपसमा मायाप्रेमका साथ प्रकृति विरुद्धको सङ्घर्षलाई एकता गर्न सक्ने यो समाज जातीय विभेदलाई अन्त्य गर्न,योग्यता अनुसार काम गर्ने र आवश्यकता अनुसार समानुपातिक समावेशीमा आधारित एकताको आन्दोलन हुनुपर्छ । जातीयताको आधारमा बिभाजन भएको समाजमा आमूल परिवर्तन गरेर राज्यसत्तामा नेतृत्व गर्नको निमित्त नयाँ योजना र उद्देश्य सहित सम्पूर्ण गतिविधि अगाडि बढाउँदै लगेपछि मात्र दिशा निश्चित हुने छ । तर लामो समयदेखि रहेको धर्म, जातीयताको आधारमा शोषण अभ्यस्त भएको समाजलाई विपरीत दिशामा परिवर्तन गरि गतिशील बनाउन विभेदलाई अन्त्य गर्न, त्यसलाई निरन्तरता दिने काम सजिलो र छिटै सम्पन्न हुने काम होइन । यो जातीय विभेदको लडाइमा धेरै पटक जीत र हार हुँदै अन्तिममा सधैँका लागि जीत हुने काम हो ।

जातीयता आधारमा हुने विभेद मुक्तिका लागि आधार तयार पार्न उद्देश्य निश्चित गर्ने पहिलो शर्त हो । जीवनकालभरि आफूले गर्ने कामको रणनीति तयार पारेर त्यसलाई कार्यनीति मार्फत् सानो सानो एकाइको काम पुरा गर्दै अघि बढ्नु पर्छ । साना साना सफलताहरुले नै ठुला र महत्त्वपूर्ण सफलता हात लाग्छन् । कामको परिमाणले जीवनभरको गन्तव्यलाई नजिक ल्याउने गरी आफ्ना गतिविधि अगाडि बढाउनु पर्छ र बीच बीचमा कार्य प्रगति मूल्याङ्कन पनि गर्दै जानुपर्छ । त्यसबाट मात्र विभेद बाट मुक्तिको बाटो पहिल्याउन सकिन्छ । विभेदमा परेका र परिवर्तन चाहाने मान्छेले संयुक्त रूपमा सङ्घर्ष गर्नु पर्छ । आखिर मानिसले बनाएको मानव, मानव बिचको जाती र जातीयताको आधारमा हुने विभेदको अन्य पनि सयुक्त संघर्ष, समावेशी र समानुपातिक आधारमा मात्रै सम्भव छ ।

पूर्ण बहादुर वि.क (पहाडी)