बेनीमा भव्य साँस्कृतिक कार्यक्रम

  • १३ श्रावण २०७४, शुक्रबार
  • 3347 पटक पढिएको

विहिबार बेनीमा विविध साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । बेनी नगरपालिका ५ का कृष्ण क्षत्रीले बजारमा ल्याउन लागेको नयाँ गीति एल्बमका लागि सहयोर्थ आयोजना गरिएको कार्यक्रममा म्याग्दीका एक दर्जन भन्दा धेरै कलाकारहरुले साँगीतिक कोसेली पस्कीएका थिए । शारीरिक रुपमा असक्त क्षत्रीले नेपाली पप गीत गाउने गरेका छन् ।  कार्यक्रमको उद्घाटन गर्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्माले म्याग्दीमा हुने विभिन्न साँस्कृतिक कार्यक्रहरुले जिल्लाको कला र संस्कृतिको संरक्षणका साथै प्रवद्र्धनमा सहयोग गरेको बताए । कार्यक्रममा चर्चित गायक ध्रुव जिसी, अमित विश्वकर्मा, पदम विश्वकर्मा, रवि कार्की, शान्ता परियार, किरन पुन, प्रजु विश्वकर्मा, शक्ति छिनाल, राजन भण्डारी लगायतका कलाकारहरुले सास्कृतिक प्रस्तुति राखेका थिए ।

त्यसैगरि लक्ष्मण विश्वकर्मा र विकास फगामीले पाडे र जिग्रीको रुपमा दर्शकलाई हसाए । सन्तोष परियार र श्याम बोहोराले पनि विविध हास्यव्यङग्य प्रस्तुत गरेका थिए ।  नाट्य समूह म्याग्दीका अध्यक्ष रवि कार्कीको अध्यक्षता, अमित विश्वकर्माको सञ्चालन र पदम विश्वकर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमबाट संकलन भएको रकमबाट क्षत्रीले निकाल्न लागेको एल्बममा सहयोग गर्ने आयोजकले बताएको छ । एक दर्जन भन्दा बढी कलाकारहरुले क्षत्रीको सहयोगका लागि निशूल्क रुपमा साँगितिक प्रस्तुति दिएका थिए ।