गरिमा विकास बैँकको खुद मुनाफा ३४ करोड

  • १२ श्रावण २०७४, बिहीबार
  • 2147 पटक पढिएको

म्याग्दी, १२ साउन । गरिमा विकास  बैंकले गत आर्थिक बर्ष २०७३÷०७४ मा ३४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । आक्रामक बजार विस्तार गरिरहेको गरिमाले ग्राहक सँख्या पनि ह्वात्तै बढाएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमाले केहि समय अघि काठमाडौँमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको थियो ।

एक आर्थिक बर्षमा बैंकले उक्त खुद मुनाफा आर्जन गरेको बैंकका बेनी शाखा प्रबन्धक कमलप्रसाद ढुँगानाले जानकारी दिए । गरिमाले म्याग्दी जिल्लामा मात्रै चार वटा शाखा मार्फत वित्तिय सेवा प्रवाह गदै आएको छ ।

बेनीका साथै बावियाचौर, दरबाङ र भुरुङतातोपानीमा गरिमाको शाखा सञ्चालनमा छ । शाखाका प्रबन्धक ढुँगानाले बेनी शाखाले मात्रै गत आबमा पाँच करोड उत्पादन मुनाफा आर्जन गरेको जानकारी दिए । शाखाले एकबर्षमा ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

व्यापार व्यवसायमा सबैभन्दा बढी २० करोड, हाउजिङमा १५ करोड, सुनचाँदीमा ४ करोड र कृषिमा एक करोड रुपैयाँ लगानी भएको बेनी शाखाले जनाएको छ । प्रबन्धक ढुँगानाले एकबर्षमा शाखा मार्फत ४२ करोड रुपैयाँ रेमिट्यान्स भुक्तानी गरिएको बताए । ‘रेमिट्यान्सको मात्रै ५ हजार ७ सय पटक कारोबार भएको छ’, उनले भने । म्याग्दीबाट विश्वका विभिन्न मुलुकमा पुग्नेहरुबाट बर्षेनी करोडौँ रेमिट्यान्स भित्रिने गरेको छ, त्यसमध्ये गरिमाको कारोबार पनि अग्रस्थानमा छ । ४८ वटा शाखा रहेको गरिमाको सञ्चालन मुनाफा गर्नेमा बेनी शाखा