पत्रकार महासंघ म्याग्दीको अध्यक्षमा शर्मा निर्वाचित

  • ४ फाल्गुन २०७३, बुधबार
  • धिरन खत्री
  • 1904 पटक पढिएको

Fnj myagdi (2)
म्याग्दी ३ फागुन । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको अध्यक्षमा तारानाथ शर्मा निर्वाचित हुनुभएको छ । शाखाको मंगलवार बेनीमा सम्पन्न पाँचौ अधिवेशनले शर्माको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले शाखाको पदाधीकारी, सदस्य सहित केन्द्रिय र क्षेत्रीय पार्षदहरु समेत सर्वसम्मत रुपमै निर्वाचित गरेको छ ।

Fnj myagdi (4)

समितिको उपाध्यक्षमा ठाकुरप्रसाद आचार्य, महिला उपाध्यक्षमा रुद्रकुमारी खत्री (मालती), सचिवमा गोरखनाथ सुवेदी, कोषाध्यक्षमा हरिकृष्ण गौतम, सह–सचिवमा कमल खत्री र गोपाल छन्त्याल निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सुर्दशनकुमार श्रेष्ठ, प्रताप बानिया, पदम विश्वकर्मा, दलप्रसाद विश्वकर्मा (अमित, आशिका मल्ल, सावीत्रा सुवेदी र दिपु फगामी चयन भएका छन् ।

Fnj myagdi (5)

अधिवेशनबाट केन्द्रिय पार्षदहरुमा क्रमश : सुरत केसी, प्रकाश पौडेल, सवी बानिया, धु्रबसागर शर्मा र देवीप्रसाद शर्मा तथा प्रदेश पार्षदहरुमा सन्तोष गौतम, घनश्याम खड्का, निर्मल खत्री, रामचन्द्र गौतम, प्रमोद शर्मा, गिता मिजार र कमल बानिया चयन भएका छन् ।

कार्यक्रममा नवनिर्वाचित शाखाका पदाधिकारी, सदस्य तथा पार्षदहरुलाई प्रमुख निर्वाचन अधिकृत राजकुमार थापा, निर्वाचन अधिकृत दिपक विखर्चि, ठहर बहादुर भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि रोहित दाहाल लगायतले प्रमाणपत्र प्रदान गर्दै बधाई ज्ञापन गर्नुभएको थियो । शाखाका अध्यक्ष सुरत केसीको अध्यक्षतामा भएको अधिबेशनको महासंघका केन्द्रिय महासचिब उजिर मगरले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष शर्माले म्याग्दीको पत्रकारीता र पत्रकार महासंघका संस्थागत विकासको लागि आफुले सक्दो पहल गर्ने बताउँनै सबै पदाधिकारी र सदस्यहरुबाट रचनात्मक सहयोगको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा केन्द्रिय प्रतिनिधि दाहाल, प्मुख निर्वाचन अधिकृत थापा र निर्वाचत अधिकृत दिपक बिखर्चि लगायतले मन्तव्य राख्नुभएको थियो । अधिबेशनको बन्द सत्रले सचिब गोरखनाथ सुवेदीले पेश गर्नुभएको प्रगति र कोषाध्यक्ष मालति खत्रीले पेश गर्नुभएको आर्थिक प्रतिवेदन समेत पारिद गरेको छ ।

धिरन खत्री