बेनीमा जुनियर कम्प्युटर टेक्नीसियन कोर्षमा पठनपाठन सुरु

  • ११ श्रावण २०७४, बुधबार
  • 3974 पटक पढिएको

म्याग्दी, ११ साउन । म्याग्दी सदरमुकाम बेनीमा कम्प्युटर बिषयको प्राविधिक शिक्षा सुरु भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट मान्यता प्राप्त बेनी स्थित ग्राफिक्स कम्प्युटर सेन्टरलेद्धारा सञ्चालित जुनियर इन्जीनियरिङ कलेजले १५ महिने जुनियर कम्प्युटर टेक्नीसियन कोर्षमा अध्यापन सुरु गरेको हो ।


नेपालको चौथो तथा पश्चिमाञ्चलममा पहिलो शाखाको रुपमा कम्प्युटर बिषयमा प्राविधिक शिक्षा अन्र्तगत कम्प्युटर सब ओभरसियर कोषमा पढाई सुरु गरेको ग्राफिक्स कम्प्युटर सेन्टरका अध्यक्ष ध्रुब जिसीले बताउनुभयो । उहाँका अनुसार सो कोष अध्ययन गर्नका लागि आवेदन दिएका एसईई परिक्षा उर्तिण गरेका ४० जना विद्यार्थीहरुबाट प्रवेश परिक्षा मार्फत छनौट प्रक्रिया थालिएको छ ।

एसइई पुरक परिक्षा दिएकाहरुलाई समेत अबसर दिनको लागि निकट भविश्यमै पुनः प्रवेश परिक्षा लिईने जनाईएको छ । सो तहको अध्ययन गरेका विद्यार्थीहरुलाई कम्प्युटर सब ओभरसिएरको मान्यता दिईने सेन्टरले जनाएको छ । एक बर्षसम्म जुनियर इन्जीनियरिङ कलेजमा सब ओभरसियर कोर्षमा अध्यापन गराईने र थप ८ महिना प्रयोगात्मक अभ्यासको लागि विभिन्न विद्यालयहरुमा खटाईने प्रिन्सीपल सुभाष थापाले जानकारी दिनुभयो । बेनीका ध्रुब जिसी, बसन्त श्रेष्ठ, महेन्द्र केसी र मोहन खत्रीले करिब रु ५० लाख लगानीमा उक्त कम्प्युटर इन्जीनियरिङ कलेज सञ्चानलनमा ल्याएका हुन् ।