विकास प्राविको नवनिर्मित भवन उद्घाटन

  • १ फाल्गुन २०७३, आईतवार
  • धिरन खत्री
  • 1573 पटक पढिएको

2

म्याग्दी,१ फागुन । म्याग्दीको बावियाचौर ६ सल्यानमा रहेको श्री विकास प्राथमिक विद्यालयको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ । विद्यालयको भवन निर्माण गर्नका लागि जग्गा उपलब्ध गराउनु हुने स्वर्गीय लालबहादुर जिसीको श्रीमती चेतकुमारी जिसीको छोराबुहारी बेदबहादुृर÷माया जिसी, धुव्र÷विना जिसीलाइ,े स्वर्गिय दलबहादुर कटुवाल क्षेत्रीको स्मृतिमा एक लाख १ हजार ५५ रुपैय सहयोग गर्नुहुने दिलबहादुर कटुवाल क्षेत्री लगायतलाई सहयोगी चन्दा दाताँलाई कार्यक्रमका प्रमुख अतिथि,अतिथि र विद्यालयका ब्यवस्थापन समिति, शिक्षक आमासमुुहले भव्य सम्मान पत्रले सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा विद्यालय भवन निर्माणका लागि १७ लाख पचास हजार सहयोग गर्ने जिल्ला शिक्षा कार्यालय, भु– संरक्षण कार्यालय, जिविसलाई लगायत अन्य सघंसस्थालाई सम्मान गरिएको थियो ।

1

विद्यालयको भवन उद्घाटन गर्दै सासंद रेशमबहादुर बानियाँले अहिलेको सरकारले म्याग्दीको सडक विकासमा बहुवर्षिय रुपमा बजेट छुट्याउको हुदाँ उक्त योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबैको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । अहिले संविधानले जनताको अधिकारलाई सुनिश्चित गरेको हुदाँ छिट्टै यो जनताको पक्षमा सरकारले चुनाव मिति घोषण गर्ने बताउनुभयो ।

3

त्यस्तै जिल्ला शिक्षा अधिकारी रामप्रसाद श्रेष्ठले सरकारी विद्यालयको भवन निर्माणमा जसरी सक्रिय हुनुहन्छ त्यसैगरि यस विद्यालयमा प्रभावकारी शिक्षा बनाउन र विद्यालयमा विद्यार्थी संख्या बढाउन सबैले चासो देखाउनु हुन आग्रह गुर्नभएको थियो । अहिले निजी विद्यालयको आर्कषणलाई घटाउन सरकारी शिक्षा प्रभावकारी बनाउन सरकार लागि परेको समेत बताउनुभयो ।

त्यस्तै जिल्ला भु– संरक्षण अधिकृत दिवाकर पौडेल, मंगला माविका श्रोत ब्यक्ति डेकबहादुृर बानिया, विद्यालयका संस्थापक अध्यक्ष खड्क जिसी त्रिभुवन मंगल माविका प्रअ राजकुमार अधिकारी तथा राजनीतिक दलका प्रतिनिधिले लगायतले मन्तव्य राख्नुभएको थियो ।

विद्यालयको भवन उद्घाटन कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकार नक्कुल ढकाल, निशा केसी, अमित विश्वकर्मा, पदम विश्वकर्मा, शक्ति छिनाल, प्रजु विश्कर्मा, हास्यकलाकार रवि कार्की र मोडेल मन्जु गुरुङ र विन कार्कीले लगायतका कलाकारले गित तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

धिरन खत्री