हरि सुनार र मिना चोखालको तिजी कोशेली मेरी बुढि मेयर–भिडियो सहित

  • ११ श्रावण २०७४, बुधबार
  • 3367 पटक पढिएको

 

बागलुङ, ११ साउन ।नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकीदै गर्दा संगीत बजारमा सँयौको सख्यामा गीत बजारमा आएका छन ।पछिल्लो समयमा बजारमा आउने गीतहरुमा विशेष नारीहरुको वेदना र मर्म बाकेका आउदैनन । गीत भन्दा पनि कलाकारहरु छ्याप्त छ्याप्ती छन । विषेशत तिजमा आउन त समसामयिक विषयमा पनि आउछन ।

त्यही समसामयिक घटनाक्रमलाई समेटेर लोक तथा दोहोरी गायक हरि सुनारले मेरी बुढी मेयर बोलको तीजी कोशेली बजार ल्याउनुभएको छ । गायक सुनार र रजनी शर्माको शब्द, त्यस्तै सुनार राजेश बर्देवाको लय रहेको गीतमा नव गायिका मिना चोखालको सुमधुर आवाज रहेको छ ।

गीतमा नेपालमा करिव २० वर्ष पछि भएको स्थानीय निकायको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको जीवन चित्रण गर्न खोजिएको गायक सुनारले बताउनुभयो । अहिले निर्वाचित भएका जनप्रतिनिधिहरुको विगत र वर्तमान जीवन शैलीलाई गीतमा समावेश गरिएको उँहाले बताउनुभयो । दाहोरी गाउन माहिर मानिने सुनारले बरु सहन्छु चोट खाएमा र सम्झि रुने छैन म लगायतका गीत बजारमा ल्याइसक्नुभएको छ ।

गीतको एक टुक्का
केटाः घास दाउरा गर्थि पहिले, कालो कारमा हिड्छे अहिले
हेर्न साथी हेर
ख्याल ख्यालमै बनि नि मेरी बुढि मेयर
केटीः पहिले हिड्थे खेत खनेर अहिले हिड्छन मेयर बनेर
हेर्न साथी हेर,
ख्याल ख्यालमै बनेनि मेरा बुढा मेयर

गायक गायिकाले गीत हेरेर, सुनेर सुझाव सल्लाह र प्रतिक्रिया दिन समेत आग्रह गनुभएको छ ।म्युजिक नेपालले बजार व्यवस्थापन गरेको म्युजिक भिडियोमा प्रकाश भटट्को निर्देशन, करण चौसिरको छायाङकन,विष्णु शर्माको सम्पादन र साही भिजन म्युजिक प्रालिको दृष्य निर्माण रहेको छ ।
म्युजिक भिडियोको मुख्य अभिनयमा दिपक सुनार,रमा बस्नेत र रामबहादुर खत्रि देखिनुभएको छ । समसायिक विषयको तयार गरिएको गीतमा अभिनय गर्नपाउदा फरक महशुस भएको बताएका छन ।